धरान मेघा कलेजका छात्रछात्राले साथी-साथी मिलेर असहायलाई २२ हजार सहयोग गरे


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २८

धरानः धरान–१२ चतरालाइस्थित मेघा कलेजका विद्यार्थीले अभिभावकका घर घरमा पुगेर राहत संकलन गरे सामाजिक कार्यमा जुटेका छन् ।
धरान मेघा कलेजका बिबिएस प्रथम वर्षमा अध्ययनरत् विद्यार्थीहरुले आर्थिक सङ्कलन गरेर छाताचोकस्थित पुनस्थापना गृहलाई बिहीबार खाद्यान्न सामग्री वितरण गरेका हुन् ।
विद्यार्थीहरुले केन्द्रका सञ्चालक भीमबहादुर राईलाई १ सय २५ किलो चामल, ५ किलो दाल, १ कार्टुन तेल, ४ किलो नुन, ५ किलो न्युटेला र १ कार्टुन बिस्कुट गरी जम्मा १२ हजार ७५ रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरे । यसअघि कलेजमा सचेत नागरिक समूह धरान–१७ र धरान मानव कल्याण समाजलाई क्रमशः ५–५ हजार हस्तान्तरण गरिएको छात्रा सपना राईले जानकारी दिइन् ।
‘सचेत नागरिक समूह’ ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा रहेका बिमारीका कुरुवाहरुलाई खाना खुवाउँदै आइरहेको छ । त्यस्तै, धरान मानव कल्याण समाजले सडक मानव र सडक बालबालिकाहरुलाई खाना खुवाउँदै आइरहेको छ । यो माहामारीको समयमा विद्यार्थीहरुको पनि सामाजिक दायित्व हुन्छ भन्ने कुरालाई हृदयङ्गम गरी साथीहरुका घर–घरमा गएर अभिभावकलाई भेटी आर्थिक सङ्कलन गरेर सहयोग गरेको छात्रा सपना राईले बताइन् ।
विद्यार्थीहरुले स्वतःस्फूर्तरुपमा आर्थिक सङ्कलन गरेर माहामारीको समयमा सहयोग गर्छौ भनेपछि कलेजले समन्वय गरेर हौसला दिएको कलेजका संयोजक चन्द्र वनेमले जानकारी दिए । विद्यार्थीहरुको सहयोग गर्ने सोंचलाई सम्मान गर्दै आफूहरुले पनि सक्दो समन्वय गरेको शैक्षिक निर्देशक अर्जुन घिमिरेले जानकारी दिए । हस्तान्तरण कार्यक्रम पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरी सम्पन्न गरिएको शैक्षिक निर्देशक घिमिरेले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा धरान मेघा कलेजका प्रिन्सिपल भास्कर पौडेल र आइडियल बोर्डिङ स्कुलका प्रिन्सिपल सागर खड्काको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप