गायक दीप श्रेष्ठ कोरोना जितेर घर फर्किए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २८

धरानः गायक दीप श्रेष्ठ अस्पतालबाट घर फर्किएका छन् ।
करिब दुई साताको अस्पताल बसाइपछि उनी बिहीबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।
करिब दुई साता अस्पताल बसेर कोरोनासँग लडेका गायक श्रेष्ठलाई उनकै गीत गाएर ह्याम्सका चिकित्सकहरुले खुसी साथ बिदाइ दिएका छन् ।
द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलका अनुसार अहिले गायक श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । उनी अन्तराष्ट्रिय फ्रेन्चाइजी ‘द भ्वाइस’ को नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’ को कोचको रुपमा सुरुदेखि नै जोडिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पताल लगिएको उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जसपश्चात उनी अस्पताल भर्ना भएका थिए । उनी अक्सिजनको सहायतमा अस्पतालमा उपचारत थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप