धरान-१६ को लोकतन्त्र वस्तीका विपन्नलाई खाद्यान्न


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २७

धरानः धरान–१६ स्थित लोकतन्त्र वस्तीका दुई विपन्न परिवारलाई बिहीबार ‘वि केयर नेपाल धरान’ नामक संस्थाले खाद्यान्न सामग्री वितरण गरेको छ ।
वस्तीका सम्झना कटवाल (राई) र सम्झना तामाङलाई संस्थाले खाद्यान्न सामग्री वितरण गरेको हो ।
संस्थाका अध्यक्ष अविजीत ताम्राकारले चामल, तेल ,आलु, न्युट्रेला, नुन, बेसार, दालमोठलगायतका खाद्यान्न सामग्री वितरण गरेका थिए । यसअघि धरान–८ स्थित बुद्ध बिहारमा बस्ने भिक्षुहरुलाई पनि खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष ताम्राकारले बताए ।
कोरोना माहामारीको समयमा आर्थिक सङ्कटमा परेका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आएको संस्थाले आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने अध्यक्ष ताम्रकारले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप