धरानमा दुई संक्रमित पुरुषको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २७

धरानः धरानमा ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–८ का संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २५ गते नै अस्पताल भर्ना भएका थिए । बुधबार १०ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, धरानमा ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
रामधुनी–९ का संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २१ गते नै अस्पताल भर्ना भएका थिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप