यी हुन् आज थपिने ८ मन्त्री, सपथ ४ बजे हुने


  • Hamrokoshiawaj.com
  • २०७८ जेठ २७

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
खगराज अधिकारी गृहमन्त्री बन्ने पक्कापक्की रहेको बालुवाटार स्रोतले सूत्रन्यूजलाई बतायो ।
त्यस्तै नारदमुनी राना वनमन्त्री, मोहन बानिया बिनाविभागीय, नैनकला थापा सञ्चारमन्त्री, ज्वालाकुमारी शाह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बन्ने भएका हुन् ।
यो ओलीले गर्न लागेको १९ औं मन्त्रिपरिषद बिस्तार हो ।
मन्त्रीहरूको सपथ आजै ४ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा हुने बताइएको छ । यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। जनता समाजवादी पार्टीको महन्थ(राजेन्द्र समूहलाई लिएर गरिएको उक्त मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छन्।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप