धरानलगायत सुनसरीमै निषेधाज्ञा खुकुलो

खाद्यान्न र पुस्तक पसल खोल्न पाइने (निर्णय र आदेशसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २६

धरानः सुनसरीमा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले निषेधाज्ञा केही खुकलो बनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सिसिएमसीको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए ।
बैठकको निर्णयअनसार खाद्यान्न पसल र स्टेशनरी पसल खोल्न पाइने भएको छ । यस्तै, फलफूल तथा तरकारी पसल बिहीबारबाट खोल्न पाइने भएको छ । कोरोनाको संक्रमण दर केही कम हुँदै गएको र निषेधाज्ञाका कारण सर्वसाधारणमा पर्न गएको कठिनाइको मध्यनजर गर्दै निषेधाज्ञा खुकुलो पारिएको उनले जानकारी दिए । उनले जेठ ३१ गते सुनसरीमा निषेधाज्ञा सकिने र त्यसअघि केही निर्णय गरेर अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप