धरान-१९ को आइसोलेसनलाई ९ लाखको स्वास्थ्य सामग्री दिइयो


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २६

धरानः गोर्खा वेलफेयर ट्रष्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइसोलेसन सेन्टरलाई ९ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
धरान–१९ स्थित हरियाली सामुदायिक भवनको आवास गृह परिसरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालले बुधबार ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेका छन् ।
धरान एरिया वेल्फेयर सेन्टर प्रमुख अफिसर पूर्णप्रसाद लिम्बूले आइसोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट २ सय थान सहयोग प्रदान गरिएको छ । प्रमुख अफिसर लिम्बूले आवश्यक परेको खण्डमा आइसोलेसन सेन्टरलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश एकको २२ स्थानमा गोर्खा वेल्फेयरले स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।
धरान उपमहानगरपालिकाका मेयर राईले स्वास्थ्य सामग्री ग्रहण गर्दै गोर्खा वेल्फेयरको प्रशंसा गरे । मेयर राईले धरान गोर्खा भूतपूर्व आर्मीहरुको सेवा, आश्रित परिवार र गोर्खा भूतपूर्वहरुको बसोबास रहेको क्षेत्रमा गोर्खा वेल्फेयरले विभिन्न मानवीय सेवाहरु गरिरहेको बताए । धरान आफैमा गोर्खा भुपुहरुको अत्यन्तै बाक्लो बस्ती भएको बताउँदै मेयर राईले भने, ‘गोर्खा वेलफेयर ट्रष्टले विपदको बेलामा, खानेपानी, शिक्षालगायत विभिन्न क्षेत्रहरुमा सहयोग गरिरहेको छ ।’
धरान उपमहानगरपालिकालाई यसभन्दा अघि कोभिड १९ को पहिलो लहरमा पनि गोर्खा वेल्फेयरले सहयोग गरेको थियो । कोभिड १९ को दोस्रो लहरमा पनि अत्यन्तै महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै गोर्खा वेलफेयर ट्रष्टलाई धन्यवाद व्यक्त गरे । मेयर राईले डेथबढी व्यवस्थापनका लागि नेपाल आर्मी र स्काउट नेपालसँग समन्वय गरिरहेको र डेथबढ िब्यवस्थापन टोलीका केही साथीहरुलाई हरियालीको हाताभित्र स्थायी बसोबास गर्न सकिन्छ कि भन्ने हिसाबले सो हाताभित्रको खाली कटेजको निरीक्षण समेत गरिएको थियो ।
हरियाली आइसोलेसन सेन्टरमा खटिएकी स्वास्थ्यकर्मी दीपकला राईले सेन्टरमा १२ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको बताइन् । ‘सेन्टरमा रहेका १४ जनामध्ये दुईजना डिस्चार्ज हुनु भएको छ’, उनले भनिन् ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप