ग्यास चुहिएर आगलागी हुँदा घाइते बनेकी महिलाको उपचारका क्रममा मृत्यु

दुई छोराको उपचार हुँदै


  • रासस
  • २०७८ जेठ २६

धरानः सोमवार राति आगलागीमा परी घाइते भएकी पाँचथरकी १ वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
सोमवार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा सोमवार राति १ बजे चिकित्सकले सापकोटालाई मृत घोषित गरेको हो । आगलागीमा सापकोटा गम्भीर घाइते भएकी थिइन् ।
आगलागीमा परी घाइते भएका ती वृद्धका छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबै काजकिरीयामा बसेका बखत ग्यास चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप