कारमा पेस्तोल बोकेर हिँडेका पदमकुमार समातिए

५ राउण्ड गोली पनि बरामद


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २६

विराटनगरः मोरङको बेलबारी प्रहरीले केराबारी गाँउपालिकाबाट कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बेलबारी-२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई मंगलबार बेलुका केराबारी गाउँपालिका-९ स्थित एक कारभित्र पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए ।

लिम्बूले केराबारी-९ कुसुमेस्थित आफन्तको घर नजिक को.१ च ८३६८ नम्बरको कारभित्र पेस्तोल र गोली राखी राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरीले पक्राउ परेका लिम्बुविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने जनाएको छ । हतियार राखेर लिम्बूले बेलबारीबाट केराबारी पुरयाएको प्रहरीले जनाएको छ । पदमकुमार कारभित्र पेस्तोल र गोली राखेर गणेशबहादुरको घरमा पुगेको खुलेको छ ।
हतियार कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान थालिएको एसपी खड्काले बताए । कारभित्र हतियार राखेर हिँड्ने र सर्वसाधारणलाई धम्क्याउने गरेको सूचना आएपछि प्रहरीले उनको खोजी थाल्दै पिछा गरिरहेको थियो । उनले कुनै आपराधिक घटना गराएको वा संलग्नता छ वा छैन भन्नेबारेमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप