धरानमा दुई संक्रमितको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २६

धरानः धरानमा दुईजना संक्रमितको मृत्यु भएको छ ।
यहाँ ६२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । इटहरी सुनसरी संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १८ गते नै अस्पताल भर्ना भएका थिए ।
बुधबार ३ः२५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, ७९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । सुन्दरहरैंचा–६ मोरङका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २२ गते नै अस्पताल भर्ना भएका थिए ।
बुधबार ६ः० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप