फक्ताङलुङ हिमाल हेर्न र दर्शन गर्न पुग्नेका लागि धमाधम भक्तशाला निर्माण

राष्ट्रिय विभूति फागुनन्दले चेलासँग फक्ताङलुङमा पुगेर तपस्या गरेको इतिहास


  • दिलकुमार लिम्बू
  • २०७८ जेठ २६

ताप्लेजुङः समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित हिमालको फेदीमा भक्तजनका लागि भक्तशाला निर्माण भइरहेको छ ।
सेन्छेई फक्ताङलुङ संरक्षण सम्वद्र्धन समितिको अगुवाइमा भक्तशाला निर्माण भइरहेको समितिका अध्यक्ष दीपक ताम्मादेनले बताए । किरात धर्मावलम्बीको पवित्र धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको फक्ताङलुङ हिमालमा दर्शन गर्न आउने दर्शनार्थीका लागि भक्तशाला निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
निर्माणका लागि प्रदेश नं १ सरकारमार्फत् रु दश लाख र देश विदेशमा रहेका सहयोगी व्यक्तिबाट सहयोग सङ्कलन गरी जम्मा रु ६० लाख लागतमा भक्तशाला निर्माण हुने समितिका सचिव केदारजङ्ग लिम्बूले बताए ।
निर्माणाधीन भक्तशाला ३०० जना बस्ने क्षमताको निर्माण हुनेछ । उच्च हिमालको फेदीमा किराती प्रत्येक वर्ष तीर्थ जाने तीर्थस्थलका रुपमा रहेको फक्ताङलुमा पुग्ने गरेको लिम्बूले बताए । तीर्थयात्री विगतका वर्षमा पाल राखेर बस्दा हिउँ परे समस्या खेप्नुपर्ने भएकाले भक्तशाला निर्माण गर्न लागिएको समितिका सल्लाहकार ज्ञानु फुरुम्बोले बताए ।
सोह्र राष्ट्रिय विभूति फागुनन्द लिङ्देनले १५० जना आफ्ना चेलासँग १९९३ सालमा पहिलोपटक फक्ताङलुङमा पुगेर तपस्या गरेको इतिहास रहिआएको छ । त्यसपछि फक्ताङलङमा तीर्थ जाने प्रचलनको विकास भएको फुरुम्बोले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप