एसइई नै खारेज गर्नुमा जोड


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २६

धरानः सरोकारवालाहरुले संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले करोडौं लगानी गरेर उपलब्धि नहुने भएकाले एसइई खारेज गर्नुको विकल्प नभएको पनि बताएका छन् । काठमाण्डौमा भएको कार्यक्रममा शिक्षाविद् डा.विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसइई खारेज हुनुपर्नेमा शिक्षामन्त्रालयको कमजोर नेतृत्व र एसइईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको बताए ।
एसइई परिक्षा संविधानको विपरीत रहेको, विद्यार्थी र अभिभावकमाथि अन्याय भइरहेको कार्कीको भनाइ छ । यस्तै परीक्षाविद् प्राध्यापक डाक्टर दिव्यमान कर्माचार्यले एसईई खारेज गर्नेबारे पटक–पटक छलफल र कुरा उठे पनि सरकारले गम्भीरताका साथ नलिएको बताए । विद्यार्थीलाई मानसिक तनाव दिने, अभिभावकलाई आर्थिक भार पार्ने र जहिल्यै हाउगुजी बनाउने काम भएको उनको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले शिक्षा ऐनका कारण एसइई खारेज गर्न नसकिने बताए । शिक्षा ऐनमा एसइई सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र नयाँ ऐन नल्याएसम्म यो पद्दति हटाउन नसकिने उनको भनाइ छ । ‘एसइई एउटा परीक्षा मात्रै होइन, पद्दति हो । पद्दति हटाउन सकिँदैन’ पौडेलले भने ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप