मोरङमा चटयाङले बेहोस चौधरीको उपचारको क्रममा मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २५

विराटनगरः मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङले गर्दा मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा घरनजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप