ताप्लेजुङमा निषेधाज्ञा केही खुकुलो


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २४

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा केहि खुकुलो पार्दै निषेधाज्ञा अवधि जेठ ३१ सम्मलाइ थप भएको छ ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जेठ ३१ सम्मका लागि निषेधाज्ञा बढाइएको जानकारी दिए ।
चौथो पटक थपिएको निषेधाज्ञाको अवधि जेठ २४ गते मध्यरातमा सकिनै लाग्दा प्रशासन कार्यालयले पाँचौ पटक जेठ ३१ सम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।
फुङलिङमा गत बैशाख २० गतेबाट निषेधाज्ञा लगातार रहदैं आएको छ । अब स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी खाद्यान्न बाहेकका अरु पसलहरु बिना भिडभाड खोल्न पाइने भएको छ ।
‘अहिले सम्म बन्द भएका पसलहरुको सरसफाइ गर्ने र बिना भिडभाड सामाजिक दुरी कायम गर्दै खाद्यान्न बाहेकका अरु पसलहरु बिहान ६ बजे देखि ९ बजे सम्म खुल्ला गर्न सकिने छ’प्रजिअ पाण्डेले भने ।
तर भिडभाड गरेमा वा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएमा पनि सुरक्षा निगारानीमा पर्न सकिने भएको छ । अब ताप्लेजुङबाट झापा फर्कने मालवाहक सवारी साधनले पनि अलैंची र गोलियाका सामान लैजाने पाउने भएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप