असार १ बाट शैक्षिक सत्र, स्थानीय तहले कक्षा सञ्चालन गर्न सक्ने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २४

धरानः सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ ।
आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ ।
यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्मासँग आगामी शैक्षिक सत्र कसरी सञ्चालन हुन्छ ? कस्तो व्यवस्था गरिएको छ ? भन्ने प्रश्नमा कुराकानीमा प्रवक्ता शर्माले विद्यार्थीको सिकाईलाई रोक्न नहुने भएकोले भौतिकरुपमा पठनपाठन गर्न सम्भव नभएपनि बैकल्पिक माध्यमबाट सिकाईलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताए ।
विद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिन सकून भन्ने मन्त्रालयको निष्कर्ष रहेको उनले बताए ।
बैठकमा शिक्षा मन्त्रालयका साथै शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीहरु सहभागी थिए ।
बैठकमा एसइई परीक्षाको सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भइरहेको तयारीका विषयमा पनि छलफल भएको थियो । एसइईबारे छिट्टै मन्त्रीस्तरीय निर्णय आउने उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप