विद्यार्थीलाई २५ लाख ऋण र ल्यापटप दिई ९ कक्षासम्म रंगीन किताब दिने तयारी


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २४

धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८–२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् ।
‘बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेठ कार्यन्वयन गर्ने विषयमा अघि बढ्दै बजेटको विषयमा कुनै कसर बाकी राख्नुहुँदैन कार्यान्वयन हुनेगरी काम अघि बढाउनूस्,’ मन्त्री श्रेष्ठले निर्देशन दिए ।
उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले भने, ‘असार १ गतेबाट भर्ना प्रक्रिया सुरु गर्नेछौं, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस् ।’
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए । ‘बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।
छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा.तुल्सी थपलियाले विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपियाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताए ।
छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले बजेटमा उल्लेख भएका सबै तोकिएकै समयमा कार्यान्वयन गर्न निर्देशन दिए । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताइन् । उनले भनिन्, ‘गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्नेछौै ।’
उनले मन्त्रालले सबै निकायको सहयोगमा बजेट कार्यान्वयन गर्न योजना तयार पार्नुपर्ने उल्लेख गरे । मन्त्री श्रेष्ठले अन्य मन्त्रालयको तुलनामा शिक्षा मन्त्रालयले बजेट कार्यान्वयन गर्न अघि बढ्न निर्देशन दिए । ‘हाम्रो मन्त्रालयले तोकिएकै समयमा बजेट कार्यन्वयन गर्नुपर्छ, साउन १ गतेबाट सबै प्रकृया अघि बढाउनुस्,’ मन्त्री श्रेष्ठले भने ।ार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाइकलमा लोड गरेको र बाँकी बेवारिसे अवस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उङ्मग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो ।
बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप