४ लाख ९० हजारभन्दा बढीको मदिरा बरामद


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २४

विरानगरः मोरङ जहदा गाउँपालिका १ बुधनगरस्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार रुपैयाँ भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ ।
सोमबार राति साढे १ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाइकलमा लोड गरेको र बाँकी बेवारिसे अवस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उङ्मग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो ।
बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप