सपना नराम्रो देखेपछि फर्किनुभो कामीरिता !


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २४

सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट शुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९ सन् २०२१ चौथो, पाँचौं, छैठौं महिना चल्न खोज्दै गर्दा) कम हुनुको सट्टा झनै बढी रहेको र कोरोनोभाइरसले अनेक रुप फेर्दै र झन कडा बन्दै गएको छ । तापनि गत जनवरी, फेब्रुअरी, मार्च महिनाका कोरोनोभाइरस केही भएको वा हराउनै पो आँटेको हो कि भनेझैं भएको थियोे । तर, …
जेहोस् सो छोटो समयमा नै नेपालमा रहेको विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्नका लागि विभिन्न देशका ४३ आरोहण दलबाट ४०८ जना पर्वतारोहीहरुले अनुमति लिएका छन् भने उनीहरुबाट नेपाल सरकारले राजश्ववापत मात्रै ६६ करोड रुपैयाँभन्दा बढी असुलेको छ । यसरी हेर्दा यो वर्ष कोरोनाको महामारीको दोस्रो लहर कायमै रहेको भएतापनि नेपालको पर्वतारोहण क्षेत्रमा फलीफाप सिद्घै भयो ।

यसै क्रममा सगरमाथा आरोहण गर्न आउने विदेशी पर्वतारोहीहरुलाई अप्ठ्यारो बाटोमा डोरी टाँग्ने (रोप फिक्सिङ) भरयाङ लगाउने (ल्याडर फिक्सिङ) का लागि आपूmलगायत अन्य ११ जना क्लाम्बिङ गाइड, शेर्पाहरुको नेतृत्व गर्दै यो वर्षको मे २४ मा विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले २५ औं पटक सगरमाथा चढ्नुभएको थियो । उहाँले यो सिजनमै २६ औं पटक सगरमाथा चढ्न भनी सगरमाथाको क्याम्प–३ मा पुगेर सगरमाथा मौसमको अनुकूलता पर्खेर बस्नुभएको थियो । तर, उहाँले नराम्रो सपना देख्नु भएको कारण यो सिजनमा (एकै सिजनमा दुईचोटी) २६ औं पटक सगरमाथा चढ्ने आफ्नो योजना, चाहनालाई त्यागेर काठमाण्डौ फर्किसक्नु भएको छ । हुन त समुन्द्री आँधीका कारण यो सिजनमा अन्य पर्वतारोहीहरुका लागि पनि खासै मौसम अनुकूल भएन ।
उहाँले आपूmले सपना नराम्रो देखेर र, मौसम पनि बिग्रिरहेकोले गर्दा यो सिजनका लागि एकै सिजनमा सगरमाथा (२६ औं पटक) नचढी फर्केको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो डेरा फर्कने क्रममा बताउनुभएको थियो । (समाचार स्रोतः गोरखापत्र दैनिक, ११ जेठ ।
हुन पनि हाम्रो देश नेपालमा विश्वले हालसम्म मान्यता दिएको ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ वटा रहेका छन् । त्यसैले हाम्रो नेपाल देश र हामी नेपाली नागरिकहरुका लागि वास्तवमै यी हिमालहरु गौरवका रुपमा हरेका छन्, जुन प्रकृतिले सित्तैमा दिएको अनुपम उपहार हुन्, अमूल्य निधि हुन् ।
जेहोस्, गत वैशाख २३ गतेका दिन विश्व विख्यात पर्वतारोही तथा हिमाल आरोहण क्षेत्रका सफलत गाइडहरुमध्ये एक मानिने कामीरिता शेर्पाले विश्वकै अग्लो हिमचुचुरो सगरमाथाको शिरमा २५ औं पटक मानव पाइला राख्न सफल हुनुभएको छ । यसका लागि उहाँलाई हामी सबै नेपालीहरुका तर्पmबाट हार्दिक बधाई छ ।
स्मरणीय छ, उहाँ लगायत ११ जना क्लाइम्बिङ शेर्पाहरुको टेक्निकल टिम (सगरमाथा आरोहण गर्न जाने विदेशी टोलीहरुलाई फाइनल रुपमा आरोहण गर्न लानु, जानुअघि डोरी टाँग्ने गरिन्छ) ले यो वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोही टोलीको रुपमा सगरमाथा आरोहण गर्नुभएको थियो ।

निश्चय नै उहाँको सो साहसिक काम नेपाल र नेपालीहरुका लागि मात्रै नभएर विश्व पर्वतारोहण जगत र विश्वका पर्वतारोही प्रेमी जनहरुका लागि पनि एक अविशमरणीय घटना हो । किनभने कामीरिता शेर्पाले सगरमाथा आरोहणमा राख्नु भएको यो २५ औं पटकको ‘विश्व कीर्तिमान’ ‘लर्तरो र सानोतिनो काम पक्कै होइन ।
त्यसो त उहाँले दुई वर्षअघि (सन् २०१९ मा) २४ औ पटक सगरमाथा आरोहण गरेर फर्केपछि आफूले ‘विश्व कीर्तिमान’ राख्नकै लागि भनेर २४ औं पटक सगरमाथा चढेको नभएर आफ्नो काम, कर्म गर्ने क्रममा (स्मरणीय छ, उहाँ पर्वतारोहीका साथै हिमाल आरोहण क्षेत्रका सफल गाइड, सरदार पनि हुनुहुन्छ ।) चढेको बताउनुभएको थियो । उहाँले त्यहीबेला सगरमाथा चढ्न आउने विदेशीहरुलाई अभैm केही वर्ष सगरमाथा चढाउने क्रम जारी रहने हुनाले अभैm कतिपटक सगरमाथा चढ्ने ? भन्ने प्रश्नै नरहेको भनी एक अन्तर्वार्ताका क्रममा बताउनुभएको थियो, छ । तर, साथीभाइहरुले भने ‘३० औं पटक सगरमाथा चढ भनी हौस्याइरहेका छन्’ भन्नुभएको थियो ।
यसरी सगरमाथा चढ्न आउने विदेशी पर्वतारोहीहरुलाई सगरमाथा चढाउने काम गर्दागर्दै विश्व पर्वतारोहण इतिहासमा २५ औं पटक सगरमाथाको चुचुरोमा मानव पाइला राख्न सफल हुनुभएका कामीरिता शेर्पाले सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम गर्न शुरु गर्नुभएको थियो भने, सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सफल हुनुभएको हो । त्यस्तै, सन् १९९८ देखि सफल गाइड, सरदारको जिम्मेवारी बहन गर्दै आउनुभएको छ । सो क्रममा उहाँले सन् २००९ (मे ५ र २३), सन् २०१० (मे ५ र २४) र सन् २०१३ (मे १० र २२) मा एकै सिजनमा दुई–दुई पटक सगरमाथा चढ्नुभएको थियो ।

यसरी हेर्दा कामीरिता शेर्पाले नेपालका पर्वतारोहीहरुका लागि मात्रै नभएर विश्व पर्वतारोहण इतिहासमै अद्भूत व्यक्तित्व बनाउनुभएको छ । यस अर्थमा कामीरिता शेर्पा नेपालका मात्रै नभएर विश्वकै ‘लिजन्डेरी’ व्यक्तित्व हुनुहुन्छ । त्यसैले उहाँलाई हामीले आगामी दिनमा नेपाली उखान ‘भिल्लको देशमा मणि’ भनेभैmं हुन दिनु हुँदैन । त्यसो त विगतमा पनि सगरमाथा आरोहणका क्रममा मानव निर्मित कीर्तिमानहरुको लामो सूची नै तयार भई सकेको छ । त्यसरी सगरमाथा आरोहणको क्रममा भए, गरेका मानव निर्मित कीर्तिमानहरुको सूची पनि धेरै भन्दा धेरै नेपालका शेर्पाहरुले नै राख्नुभएको छ ।
जस्तै यसअघि आप्पा शेर्पाले र फुर्वाटासी शेर्पाले २१–२१ पटक सगरमाथा शिखरको चुचुरोमा पाइला राख्न सफल भई सक्नुभएको छ भने स्वर्गीय भई सक्नुभएका नेपालकै सुन्दरे शेर्पा, आङथार्के शेर्पा, जाङबु शेर्पा, पासाङल्हामु शेर्पा, आङरिता शेर्पा, बाबुछिरी शेर्पालगायतले पनि सगरमाथा चढ्ने क्रममा विभिन्न खाले कीर्तिमानहरु राख्नुभएको छ ।
त्यस्तै, भविश्यमा पनि सगरमाथा शिखरमाथि अनेक कीर्तिमान राख्ने कति नेपाली शेर्पा गाइडहरु जन्मेका छन्, जन्मनु हुने छ ? अहिले नै किटेर भन्न सकिने अवस्था रहेन ।
थप केही जानकारी चाहिएमा ९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप