कारको ठक्करले पैदलयात्रीको ज्यान गएपछि सांसदका छोरा समातिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २३

विराटनगरः विराटनगरमा कारको ठक्करले पैदलयात्रीको ज्यान गएपछि एकजना पक्राउ परेका छन् ।
कारको ठक्करले एक मजदुरको ज्यान लिएको थियो भने अर्का एक जनालाई घाइते भएका थिए । प्रदेश सांसदका छोरा रोविन भनिने रविन कार्की पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रदेश १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा उनलाई आइतबार अपराह्न विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
पक्राउ परेका कार्कीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ । कार्कीलाई सवारी ज्यान मुद्दामा म्याद थप गरिने छ । बिहीबार राति साढे सात बजे रोविनले मदिरा सेवन गरी चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यस दुर्घटनामा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । त्यही दुर्घटनामा मोरङ कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप