जटिल शल्यक्रियापछि ‘डिस्चार्ज’

धरानको बीपी प्रतिष्ठानमा छातीमा रड छिरेका संक्रमित पुरुषको जटिल शल्यक्रिया


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २३

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको जटिल शल्यक्रिया गरिएको छ ।
झापाका ३८ वर्षीय संक्रमित पुरुषको एउटा घरको भित्तामा प्लाष्टर गर्दैगर्दा गत ११ गते ६ फिटको उचाईँबाट झर्दा छातीको देब्रोपट्टि कोखामा एउटा रड (करिब १२ इन्च) को छाताीभित्र छिरेको थियो । उनलाई प्रतिष्ठानको आकस्मिक कक्षमा रडसहित ल्याइएको थियो ।
उनको एक्सरे, सिटी स्क्यान तथा अन्य परीक्षणपश्चात अप्रेसन गर्दा अप्रेसन सफल भएको चिकित्सकले जानकारी दिएका छन् । जेनेरल सर्जरी विभागका डा. सुरेशप्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल, डा. विजय श्रेष्ठ, डा. पवन सापकोट, प्रा.डा.सत्येन्द्रनारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डल साथै नर्सहरु जानकी चौधरी, गीता राई, ओटी टेक्निसियन रञ्जन पाठक, हेल्पर दलबहादुर खड्कालगायतको टिमले सो शल्यक्रिया गरेको प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
बिरामीको छातीमा छिरेको रडले देब्रे करङलाई छेडेर फोक्सोको तल्लो भागमा चोट पुराएका थियो । शल्यक्रियाको क्रममा सो रडक निकालिनुका साथै फोक्सो तथा मुटुमा लागेको चोटको पनि उपचार गरिएको थियो ।
शल्यक्रियापश्चात उनलाई सोहीदिन कोभिड अस्पतालको आइपसियुमा भर्ना गरेर बाँकी उपचार गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएपछि निजलाई सर्जरी वार्डमा सारिएको थियो । उनी गत २२ गते अस्पतालबाट डिस्चार्ज समेत भएको प्रवक्ता डा. पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप