दया जागेपछि धरान-१६ का विपन्न परिवारलाई घरमै पुगेर सहयोग


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २०

धरानः धरान-१६ स्थित नौलो वस्तीका दुई विपन्न परिवारलाई धरानका केही व्यक्तिले बिहीबार आर्थिक सहयोग गरेका छन् ।
नौलो वस्तीकी इन्द्रकुमारी विक, एकबहादुर विक (लकान्द्री माइला) र सीता राईलाई धरान-३ जल्पारोड निवासी गंगाप्रसाद श्रेष्ठ र धरान–१४ निवासी सुरेन्द्र घिमिरेले जनही ५-५ हजार सहयोग गरेका छन् ।
धरान-१६ का वडा अध्यक्ष दिलकुमार गिरीले बुधबार सामाजिक सञ्जालमा दुई विपन्न परिवारको आर्थिक अवस्था दयनीय भन्नेबारे पोष्ट गरेको देखेपछि दया लागेर महामारीको समयमा थोरै भएपनि राहत महसुस होस् भनेर सहयोग गरेको घिमिरेले बताए ।
विपन्न परिवारलाई घरैमा पुगेर आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको गंगाप्रसादले बताए । वडा अध्यक्ष गिरीले सहयोगी दुवैजना दाताहरुलाई धन्यवाद दिएका थिए । वडाध्यक्ष गिरीका अनुसार केहीदिनअघि उनीहरुलाई २५ किलो चामल, दाल, नुन, तेललगायतका सामग्री प्रदान गरिएको थियो । उनीहरुलाई मासिकरुपमा वडा कार्यालयले रासनको व्यवस्था समेत गर्ने गरेको वडाध्यक्ष गिरीले जानकारी दिए ।
तस्वीरहरूः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप