यतिबेलै पनि सगरमाथाको कमाइ

महामारीकै बीचमा पनि ६६ करोड १३ लाख ४२ हजार कमायो


  • निनाम कुलुङ ‘मंगले’
  • २०७८ जेठ १९

हाम्रो देश नेपालले यो वर्षको वसन्त याममा कोरोना महामारीको बीचमै पनि हिमाल आरोहणबाट धेरै राम्रो आम्दानी गर्न सफल भएको छ । जस्तो विश्वको अग्लो हिम शिखर सगरमाथा अर्थात् ‘चोमोलुङमा’ बाट मात्रै सरकारले विभिन्न देशका पर्वतारोहीहरुलाई अनुमति दिएवापत लिने गरेको सलामी दस्तुर मात्रै ६६ करोड १३ लाख ४२ हजार नेपाली रुपैयाँ बराबरको कमाइ गरेको छ ।
त्यसबाहेक नेपालका अन्य हिमालहरुबाट पनि नेपाल सरकारले विभिन्न देशका पर्वतारोहीहरुलाई अनुमति दिएवापत लिने गरेको सलामी दस्तुरबाट लगभग ६ करोड नेपाली रुपैयाँ बराबरको आम्दानी गरेको छ । यसरी हेर्दा नेपालमा यो वर्षको वसन्त याममा नेपालका विभिन्न १६ हिमाल आरोहणका लागि विभिन्न देशका ८५ वटा आरोहण दलका ७४२ जना सदस्यहरुले हिमाल आरोहणका लागि नेपाल सरकारबाट परमिट अर्थात् अनुमतिपत्र लिएको थियो, छ । त्यसो त जतिबला पर्वतारोहीहरु नेपालको विभिन्न हिमाल आरोहणका लागि जाँदै थिए, त्यो बेला नेपालको सहरबजार (काठमाण्डौ लगायत) मा कोरोना कहरको दोस्रो लहर चलिरहेको थियो । अहिले त दोस्रो लहर चलिरहेको मात्रै होइन कि, यसले देशलाई कस्तो गम्भीर अवस्थामा पुरयाएर पनि रोकिने हो कि भन्ने अवस्थामा पुगेको देखिन्छ ।
यो वर्ष सगरमाथा अर्थात् चोमोलुङमाको आधार शिविरमा इतिहासकै (सन् २०१९ मा भन्दा बढी, सन् २०१९ मा ३८२ जनाले सगरमाथा चढ्नका लागि अनुमति लिएका थिए) धेरै पर्वतारोहीहरु सगरमाथा सफलतापूर्वक चढ्नकै लागि व्यग्रताका साथ प्रतिक्षारत छन् अर्थात् विश्वका विभिन्न देशका ४३ वटा आरोहण दलका ४०८ जना आरोहीहरुले सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने प्रयास थिए, छन् । तर, अब यो वर्षको सिजन लगभग सकिन लागेकोले गर्दा सगरमाथा चढ्ने सपना साँचेर र्गका लगभग २०–२५ प्रतिशत आरोहीहरुले मात्रै सगरमाथा चढ्न सफल भए होलान् । यसबारेमा अबको केही दिनपछि नै वास्तविकता थाहा हुनेछ ।

यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहासबारे र थोरै सगरमाथाको उचाइबारे पनि लेख्ने प्रयास गरिएको छ । ऊ बेला अर्थात् ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरु अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्डपोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्कल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरु अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । त्यसो त अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरु र सगरमाथा लगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरै जसो विदेशी लेखकहरुले) ले ‘चोमोलुङमा’ भनी लेखेको, बोलेको देखिन्छ । तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, सो बेला सर जर्ज एभरेस्ट आप्mनो सेवा अवधी सकेर बेलायतको इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नापनक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो । त्यस्तै ‘चोमोलुङमा’ को नयाँ नेपाली नाम सगरमाथा नामचाहिँ, इतिहासकार बाबुराम आचार्यले राखेका हुन् ।
यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमण्ड पर्सिभल हिलारीले प्रथम मानवका रुपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए ।
हुन त त्यसअघि पनि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हुँदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरुले पनि विगतका आरोही दलहरुले जस्तै सफलता पाउन सकेनन् । त्यस्तै, फेरि सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्पm बाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरु वर्षात् अघिको प्रयासमा आठ हजार पाँचसय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा आठ हजार १६ मिटरको उचाइसम्म पुग्न भने सफल भएका थिए । सम्भवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोहीहरु नै थिए ।

हुन त केही समयअघि भारतीय टेलिभिजन च्यानल जी टीभीका सम्पादक, पत्रकारले सगरमाथा क्षेत्रको कालापत्थर गएर ए नामक दृश्य छायांकन गरेर सगरमाथालाई भारतले पनि दावी गर्नुपर्ने, परापूर्व कालदेखि भन्दै, पुकार्दै आएको ‘चोमोलुङमा’, ‘एभरेस्ट’ र ‘सगरमाथा’ को सट्टा राधानाथ सिक्दर, सिकन्दरको नाममा नयाँ नाम ‘राधानाथ सिक्दर, सिकन्दर’ राख्नुपर्ने माग राखेका थिए ।
अन्त्यमा भन्नैपर्दा गएको वैशाख २३ गतेका दिन विश्व विख्यात पर्वतारोही तथा हिमाल आरोहण क्षेत्रका सफलत् गाइडहरुमध्ये एक कामीरिता शेर्पाले विश्वकै अग्लो हिम चुचुरो सगरमाथा, एभरेस्ट अर्थात् ‘चोमोलुङ’ को शिरमा २५ औं पटक मानव पाइला राख्न सफल हुनु भएको छ ।
स्मरणीय छ उहाँलगायत ११ जनाको शेर्पाहरुको टेक्निकल टिम (सगरमाथा आरोहण गर्न जाने विदेशी टोलीहरुलाई फाइनल रुपमा आरोहण गर्न लानु, जानुअघि डोरी टाँग्ने गरिन्छ) ले यो वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोही टोलीको रुपमा सगरमाथा आरोहण गर्नुभएको थियो ।
तर, यसै सिजनमा २६ औं पटक (फेरि पनि एकै सिजनमा दुई पटक) सगरमाथा चढ्ने विचारमा रहनु भएका कामीरिता शेर्पाले सपना नराम्रो देखेको र, मौसम पनि प्रतिकूल भइरहेकोले गर्दा २६ औं पटक सगरमाथा आरोहण गर्ने योजना नै त्यागेर गत जेठ ११ गते काठमाण्डौं फर्किसक्नु भएको छ । हुनपनि तेस्रो क्याम्पमा मौसमको अनुकूलता पर्खेर बस्नु भएका कामीरिता शेर्पा सपना बिग्रेसँगै मौसम पनि प्रतिकूल भएपछि आरोहण त्यागेर फर्किनुभएको हो । त्यसअघि डोरी टाँग्ने र भर्याङ राख्ने क्लाइम्विङ शेर्पाहरुको टोलीको नेतृत्व गर्दै गत वैशाख २४ गते २५ औं पटक सगरमाथा चढेर त्यसअघि आपैmले नै राखेको २४ औं पटक सगरमाथा चढेर बनाएको विश्व कीर्तिमान आफैले भंग गर्नुभएको छ ।
थप केही जानकारी चाहिए: ९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप