एसइई भौतिक उपस्थितिमै हुने सम्भावना छैन, विकल्प खोजिँदैछ, यही महिनाभित्र निर्णय गरिनेछः शिक्षामन्त्री


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ १०

धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले यसको विकल्पका विषयमा छलफल भइरहेको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने मन्त्री श्रेष्ठले जानकारी दिए ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् । संगठनका अध्यक्ष ऐन महरसहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
सो क्रममा मन्त्री श्रेष्ठले एसइई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने बताए ।
उनले आर्थिक वर्ष २०७८–०७९ मा शिक्षा क्षेत्रमा बजेट बढ्न सक्ने बताए । ‘तपाईंहरुले शिक्षामा २० प्रतिशत बजेट आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सरकारले यो विष्यायमा सोच विचार गरिरहेको छ’, उनले ज्ञापनपत्र बुझाउन आउने विद्यार्थीहरुलाई भने ।
अनेरास्ववियुले ज्ञापनपत्रमा विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्न माग गरेको छ । त्यस्तै, सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने, भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्नेलगायतको माग राखेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप