कोरोनाका कारण विद्यार्थी पढाइमा भन्दा बढी भिडिओगेममा आकर्षित


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ १

धरानः हङकङका अधिकाँश विद्यार्थीले कोरोना प्रकोपका बेला पढाईमा भन्दा बढी भिडिओगेममा समय बिताएको नयाँ अध्ययनले जनाएको छ।
हङकङको क्रिश्चियन सर्भिस एनजीओले दुई हजार प्राथमिक र माध्यमिक तहको विद्यार्थीमा गरेको सर्वेक्षणमा विद्यार्थीहरु यतिबेला पढाईमा भन्दा बढी अनलाईन भिडिओगेममा आकर्षित भएको देखिएको हो।
कोरोना प्रकोपसँगै शहरमा लकडाउन लागू भएपछि विद्यालयहरु बन्द भएका थिए।
सर्वेक्षणमा ५६ प्रतिशत विद्यार्थीहरु अहिले सक्रिय रुपमा अनलाईन गेममा व्यस्त भएको देखिएको छ।
७६ प्रतिशत विद्यार्थीले गेम खेल्दा तनाव कम हुने र समय कटाउन सजिलो भएको बताएका छन्। उनीहरुले अल्छि लाग्दा मात्र गेम खेलेको जनाएका छन्।
यस्तै ११ सय ४० अभिभावकमा पनि विद्यार्थीले गेम खेल्ने विषयमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानमा छोराछोरीले धेरै गेम खेल्दा आफूहरुलाई उनीहरुको अभिष्यको बारेमा चिन्ता लागेको ६४ प्रतिशत अभिभावकले बताएका छन्।
तर सोही समयमा ५८ प्रतिशत अभिभावकले तनाव र थकान कम गर्न उनीहरुले गेम खेलेकोमा सहमति जनाएका थिए।
पहिलेको तुलनामा केटी विद्यार्थीहरुले पनि अनलाईन गेमिङमा रुची राख्न थालेको बताइएको छ। एससीएमपी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप