छुरा प्रहारबाट रोमन राईको मृत्यु, सुशील दर्जी र दिलबहादुर लिम्बू समातिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ १

विराटनगरः काममा लगाएपनि आफूहरुले पाउनुपर्ने पैसा नपाएको भन्दै दुई युवाको छुरा प्रहारबाट एक युवाको मृत्यु भएको छ ।
पैसाको विषयलाई लिएर विवाद बढ्दै जाँदा हत्यासम्मको घटनामा परिणत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले शुक्रबार राति लेटाङ–३ का २२ वर्षीय रोमन राईमाथि छुरा प्रहार गरेका थिए । पेटमा छुरा लागेको उनको गम्भीर अवस्थामा उपचारका लागि विराट नर्सिङ होम लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बाटैमा शुक्रबार राति १०ः३० बजेतिर मृत्यु भएको थियो ।
लेटाङकै त्रिसुली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुईजनाले छुरा प्रहार गरेको जानकारी डीएसपी राईले जानकारी दिए ।
घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईको हत्यामा संलग्न दर्जी र लिम्बू ट्याक्टरका मजदुर हुन् । उनीहरुलाई राईले नै निर्माण सामाग्री ढुवानीको काममा लगाउने गरेका थिए ।
काममा लगाए पनि आफूहरुले पाउनुपर्ने पैसा लामो समयदेखि नदिएकाले छुरा हानिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।
प्रहरीका अनुसार हत्या गरिएका राई लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । -समाचारको शीर्षक फरक पर्न गएकोले सच्याइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप