धराने हामी कति सचेत ?

धरानमै छोटो समयमै किन यति धेरै संक्रमितले ज्यान गुमाइरहेका छन् ?, निमोनिया छिप्पिइसकेपछि अस्पताल आउँदा समस्याः चिकित्सक


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ १

धरानः धरानमा पनि दिनहुँ संक्रमित मरिरहेका छन् । कोरोनाकै कारण धरानमा आज (शनिबार) सम्म १७ जनाको मृत्यु भइसकेको छ । शुक्रबार र शनिबार (आज) को रिपोर्ट अनुसार धरानमा ६ जना संक्रमितको ज्यान गुमाएका छन् ।
शुक्रबार धरानमा एकैदिन चारजना संक्रमितको मृत्यु भएको छ । धरान–८, धरान–१, धरान–९, धरान–१८ का संक्रमितको मृत्यु भएको थियो । धरान–१ का ३४ वर्षीय पुरुष, धरान–८ की ३४ वर्षीया महिला, धरान–९ का ८८ वर्षीय पुरुष र धरान–१८ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यस्तै, शनिबार संक्रमित थप २ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं ११ र वडा नं १५ का दुईजना संक्रमितको मृत्यु भएको छ । धरान–११ का ४० वर्षीय पुरुष र १५ की ८५ वर्षीय वृद्धको मृत्यु भएको उनले जानकरी दिए ।
किन बढ्दैछ मृत्युदर ?
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले समयमा उपचार नपाएर नै ज्यान जान थालेको बताउँछन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले समयमा उपचार नपाएर नै ज्यान जान थालेको बताउँछन् । उनले निमोनियालाई हेलचेक्रयाइँ गर्दै छिप्पिइसकेपछि अस्पताल पुग्दा पनि मृत्युदर बढेको बताए ।
‘पहिलो कुरा त अहिलेको दोस्रो लहरको भेरियन्ट घातक प्रमाणित भइसकेको छ । दोस्रो कुरा जो जो संक्रमित हुन्छन्, उनीहरु जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्छन् ।’ उनले थपे, ‘मानौं कसैलाई निमोनिया भएको छ, अक्सिजन घटे पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ, यस्तो अवस्थामा बिरामीलाई आइसियुमा राखेर निमोनियाविरुद्धका औषधि चलाउनुपर्छ तर समयमै अस्पतालमा भर्ना नपाउँदा निमोनिया छिप्पिसकेको हुन्छ अनि ज्यान जान्छ ।’
अक्सिजन घटे, निमोनिया देखिए तत्कालै चिकित्सकलाई खबर गरी आफ्नोबारेमा जानकारी दिनुपर्ने उनको भनाइ छ । ‘यदि निमोनियाको लक्षण देखिए, अक्सिजन घटे चिकित्सकसँग परामर्श लिएर औषधि चलाउँदा निमोनिया केही हदसम्म रोकिन्छ’, उनले भने, ‘तर जनचेतना नभएर पनि धेरैले त्यसो गर्दैनन् ।’
उनले धरानस्थित बीपी प्रतिष्ठान आउने अधिकांश बिरामी जटिल अवस्थामा पुग्ने गरेको जानकारी दिए । ‘हामीले हरसम्भव प्रयास गरिरहेका छौं तर जटिल अवस्थामा आइपुग्नेलाई बचाउन नसकेकै हो ।’ उनी भन्छन्, ‘यति बुझौं, दोस्रो लहरको कोरोना पहिलाभन्दा अलि खतरा नै छ, सतर्कता अपनाऔं, स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरौं, हस्पिटल पुग्नै पर्दैन ।’
उनले कोरोना संक्रमित भएपछि स्वास्थ्यमा समस्या भयो, अक्सिजन लेवल ९४ मुनि झरे नजिकैको स्वास्थ्यकर्मीको परामर्श लिइहाल्नुपर्ने बताए । ‘खासमा भन्ने हो भने महामारीको उपचार गरेर सम्भव छैन तरपनि अक्सिजन लेवल, निमोनियालाई कन्ट्रोल गर्न सकियो भने खतराबाट बचिन्छ ।’
विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन् ।
नयाँ भेरियन्टको कोरोना भाइरस पहिलोभन्दा छिटै सर्ने भएपनि यसले बनाउने निमोनियाको समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरैलाई बचाउन सकिने विज्ञको भनाइ छ । कोभिडको नयाँ भेरियन्टले छिटो निमोनिया बनाउँछ । निमोनिया भएका बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिन्छ, जसको अभावमा नेपालमा मृत्युदर बढेको छ । अहिले साँच्चै भन्ने हो भने एकैपटक धेरैलाई संक्रमण हुँदा उपचार अभावले मृत्युदर बढेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता बताउँछन् ।
संक्रमितमध्ये धेरैलाई केही समस्या देखिँदैन तर पनि केहीलाई अप्ठयारो बनाउँछ, सामान्य उपचारले हुँदैन, आइसियु साथै भेन्टिलेटर पनि चाहिन सक्ने हुन्छ । यो महामारी भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर सुरक्षित बस्दै यसलाई परास्त गर्नेमा लाग्नुपर्ने उनको भनाइ छ । ‘यो समय छिट्टै टरेर जानेछ । कोरोनाको पहिलो लहरमा जसरी हामीले एकता देखाएर परास्त गरयौं, त्यसरी परास्त गर्न सकौं भनेर हिम्मत गरौं, स्वास्थ्य मापदण्ड पालना गरौं ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप