फेरि चकमन्न धरान

प्रहरीको कडाइ, लखरलखर हिँड्नेलाई डेढ घण्टा ‘होल्ड’, भोलिदेखि तीनघण्टा ‘होल्ड’


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ १

धरानः लकडाउनले धरान चकमन्न बनेको छ । यसअघि २०७६-०७७ को लकडाउनमा पनि धरान चकमन्न बनेको थियो । त्यस्तै चकमन्नको अवस्थामा धरान पुगेको हो । समुदायस्तरमा समेत कोरोना बढेकोले सरकारले लकडाउनमा थप कडाइ गरेपछि धरान सुनसान बनेको हो ।
लकडाउनअघि शुक्रबार नै धरान उपमहानगरपालिकाले घर बाहिर नहिँड्न र औषधि पसलबाहेकका सबै पसलहरु बन्द गर्न आग्रह गरेको थियो ।
धरान प्रहरीले हिँडडुलमा कडाइ गरेको छ । पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए संक्रमण ऐनअनुसार पक्राउ गरी कारवाही थालिने उनले जानकारी दिए ।
बिहान अनावश्यकरुपमा हिँडडुल गर्ने र ‘मर्निङवाक’ गर्नेहरूलाई डेढघण्टा ‘होल्ड’ मा राखिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘आज बिहान मर्निङवाकमा हिँडेका र लखरलखर डुल्नेलाई डेढ घण्टा होल्डमा राखेका छौं’, उनले भने, ‘आज पहिलो दिन भएर सम्झाइबुझाइ पठाएका छौं, भोलि तीनघण्टासम्म पनि होल्डमा राख्न सक्छौं ।’
उनका अनुसार इमरजेन्सीबाहेक धराने बाहिर निस्किएका छैनन्, सवारी साधनसहित निस्किएका मोटरसाइकल चाबी खोसेर राख्ने गरिएको छ ।
कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सुनसरी प्रशासनले शुक्रबार राति १२ बजेदेखि लकडाउनमा कडाइ गरेको जनाएको छ ।
लकडाउनका कारण धरानका भित्री सडक पनि सुनसानझैं छन् । औषधिपसल बाहेक अन्य पसल खुलेका छैनन् । यसअघि बैशाख ३१ गतेसम्म लकडाउन घोषणा गरिएको थियो तर थपेर जेठ १४ गतेसम्म लम्ब्याइएको हो ।
तस्वीरः हाम्रो कोशी आवाज/तिर्थ कार्की

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप