धरान-१ का ४५ वर्षीय संक्रमित पुरुषको आज मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख ३०

धरानः धरानमा ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । केहीदिनअघि पनि धरान–१ का संक्रमित पुरुषको मृत्यु भएको थियो ।
धरान-१ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । बिहीबार उनमा कोरोना पुष्टि भएको थियो । उनमा कुनै दीर्घरोग थिएन । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनी गत २९ गते नै अस्पताल भर्ना भएका थिए । बिहीबार ११ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए । योसँगै धरानमा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप