अरुण तेस्रोमा हालसम्म दर्जन बढी मजदुरले ज्यान गुमाए

सहकर्मीको मृत्युपछि आन्दोलित बनेका मजदुरले तीन दर्जन सवारीमा क्षति


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख ३०

सखुवासभा: निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् ।
बैशाख २९ (बुधबार) जलविद्युत परियोजनाको सुरुङभित्र एकजनाको मृत्यु भएको थियो । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो । सहकर्मीको मृत्यु हुँदा कम्पनीले ३ लाख रुपैयाँ मात्रै क्षतिपुर्ति दिनेपछि उनीहरु आन्दोलन गरेका थिए ।
मजदुर आन्दोलनमा उत्रिँदा तीन दर्जन बढी टिपर, ट्रकलगायतका सवारीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । ढुंगाले हान्दा त्यहाँ रहेका केही भवनमा पनि क्षति पुगेको छ ।
बुधबार बिहान साढे ८ बजे अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवामा सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३७ वर्षीय रानाको घटनास्थलमा नै मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । पछि सहमतिमा कुरा मिलेको थियो ।
सुरुङमाथिबाट खसेको ढुङ्गाले लागेर सोही स्थानका ५० वर्षीय मिठु राना घाइते समेत भएका थिए ।
अरुण तेस्रो जलविद्युत् परियोजनास्थलमा स्वास्थ्य संस्था र एम्बुलेन्स नहुँदा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइएसकेका छन् । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
निरन्तर २४ सै घण्टा निमार्ण कार्य हुने आयोजनामा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए भने समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्न अवस्था छ । आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भएपनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन् ।
विद्युत् गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ र ड्याम साइडमा जयप्रकाश एसोसियट्स कम्पनीले निर्माण कार्य गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुनेछ ।
त्यस्तै, आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान लगानी बोर्डको छ । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा पाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप