डाक्टरको सल्लाह: मौसम बदलीको समय छ, कोरोना नभई मौसमी फ्लु हुनसक्छ है !

अहिलेको कोरोनालाई यसरी मात्रै चिन्न सकिन्छ


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख ३०

मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ । एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ । यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ ।
जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्छ । मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ ।
सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ । यसै बिषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे यस्तो सुझाव दिन्छन् ।
अहिले मौसम परिवर्तनको समय हो । यो समयमा अधिकांशलाई रुघाखोकी लागिरहेको हुनसक्छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेहरु पनि धेरै हुनसक्छन् । तर कसरी थाहा पाउने ? यी लक्षणबारे जानकारी लिनुहोस् ।
.मौसमी रुघाखोकीका लक्षण
नाक बन्द हुने
नाकबाट पानी आउने
हाँच्छ्यु आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने
छोटो समयमा निको हुने
कोरोना संक्रमणका लक्षण
सुख्खा खोकी लाग्ने
उच्च ज्वरो आउने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने, बोली परिवर्तन हुने
निको हुन १० दिन लाग्न सक्ने
खाना नरुच्ने
अक्सिजन, आइसीयुको उपचार आवश्यक पर्न सक्ने
स्वाद थाहा नहुने
एलका ग्यास्ट्रोएन्टेरोलजिस्ट अमिर मासौद, एमबिबिएसका अनुसार, कोविड–१९ को सुरुवाती लक्षण नै स्वाद हराउनु हो । युगसिया पनि भनिने यो लक्षण कोरोना संक्रमण भएको दुई दिनभित्र देखिन थाल्दछ ।
गन्ध थाहा नहुने
‘स्वाद हराउनुसँगै संक्रमणको सुरुवाती समयमा नाकले गन्ध पनि लिना छोड्छ ।’ कोरोना संक्रमणपछि यसले हाम्रो शरीरको घ्राण्ने अंग (सुंघ्ने अंग) लाई आक्रमण गर्छ जस्ले गर्दा सुंघ्ने क्षमता हराउँछ । विश्व प्रसिद्ध चिकित्सक विलियमले बताए, ‘यदि यो लक्षणसँगै अन्य कुनै लक्षण देखिएको छ भने, कुनै डाक्टरसँग परामर्श लिहाल्नु उचित हुन्छ ।’
पखाला लाग्नु
सामान्य तय स्वाद र गन्ध हराउने लक्षण जतिकै यो लक्षण चर्चित छैन तर, जठराँत्र अर्थात पेट सम्बन्धित समस्या पनि कोरोना भाईरसको सुरुवाती लक्षण हुनसक्छ ।
वाकवाकी लाग्ने
पेटसम्बन्धी समस्या देखिने क्रममा वाक–वाकी लाग्नु पनि कोरोना संक्रमणको सुरुवाती लक्षण हो ।
सुख्खा खोकी लाग्ने
एक अध्ययनका अनुसार ६० प्रतिशत व्यक्तिमा सुख्खा खोकी लाग्नु पनि कोरोना भाइरस संक्रमणको लक्षणका रुपमा देखिएको छ । कोरोना भाइरस श्वास–प्रश्वाससम्बन्धी भाइरस भएकोले यसले गर्दा नै सुख्खा खोकी लागेको हुन सक्छ, त्यसैले यो पनि एक लक्षण हो ।
उच्च ज्वरो आउने
ज्वरो लो–ग्रेड ९९.५ देखि १००.३ हाइ ग्रेड सम्ममा आउनु र यो सँगै अन्य थप कुनै लक्षण देखिनु भनेको कोरोन संक्रमणको लक्षण भएको हुन्छ ।
एकदम थकाइ लाग्ने
जामा नामक रिसर्च जनरलमा प्रकाशित एक अध्ययनका अनुसार थकान हुनु, कोरोना संक्रमण हुँदा धेरैमा देखिएको लक्षण हो । अध्ययनका अनुसार ६८ प्रतिशतभन्दा धेरै संक्रमितमा यस्तो लक्षण देखिएको छ ।
जीउ दुख्ने
शरीर दुख्नु पनि कोरोना भाईरसको लक्षण मध्य पर्दछ, अध्ययन अनुसार ४५ प्रतिशत संक्रमितहरुमा शरीर दुख्ने समस्या देखिएको छ ।
सास फेर्न गाह्रो हुने
कोरोना भाइरस संक्रमित मध्य एक तिहाइमा घाँटी दुख्ने समस्या पनि देखिने गरेको छ भने घाँटी दुख्नु मुख्य लक्षण भन्दा पनि सुख्खा खोकीको कारण हुने गरेको पाइएको छ ।
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पीसीआर परीक्षण गर्ने । यी दुवैको निश्चित निदान भने प्रयोगशाला जाँचबाट मात्र गर्न सकिने छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप