धरानको घण्टाघर छेऊको सडक ४० वर्षसम्म टिक्ने बनाइने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख ३०

धरानः सधैंजसो भीडभाड भइरहने धरानको घण्टाघर पछाडि र उत्तरतर्फको सडक लकडाउनमै पनि धमाधम काम भइरहेको छ । २ नं वडा कार्यालयको आ.व. २०७७–०७८ को पूर्वाधार शीर्षकअन्तर्गत सो सडक बन्न लागेको हो ।
१९ लाख रुपैयाँको लागतमा सडक बन्न लागेको वडा नं. २ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठले जानकारी दिए । सो सडक कंक्रिट सडक बनाउन लागिएको उनले जानकारी दिए । ‘१९ लाखको बजेटमा सडक बन्न लागेको हो’, उनले भने, ‘यो सडक कंक्रिट बिछयाएर आरसिसी बनाइने सडक हो ।’
विटुमिन प्रयोग भएको सडक चाँडै भत्किन थालेपछि यस्तो योजना ल्याइएको उनले जानकारी दिए । ‘कंक्रिट सडक बनाउने योजना अघि सारेका छौं’, उनले भने, ‘कम्तीमा ४० वर्ष टिकोस् भन्ने हाम्रो उद्देश्य हो ।’
कालोपत्रे सडक एक झर पानीले नै क्षतविक्षत हुने गरेको उदाहरण पनि हामीसँग छन् । ‘कालोपत्रे नखप्ने सडक नै हो’, उनले भने, ‘कंक्रिट सडक अलि वर्ष टिक्छ भन्ने हो ।’
कालोपत्रे विटुमिन र चिप्स गरेर पक्की सडक निर्माण गरिन्छ भने कंक्रिट सिमेन्ट, छड, गिटी प्रयोग निर्माण गरिन्छ । संसारमा सबैभन्दा बढी सडक कालोपत्रे गरेर निर्माण भएको छ । अल्पकालीनरुपमा कालोपत्रे कंक्रिटभन्दा सस्तो पर्छ । कालोपत्रेको तुलनामा ढलानको आयु धेरै हुन्छ तर यो महङ्गो पर्छ । इन्जिनियरहरुका अनुसार यो कंक्रिट सडक तीन गुणा भन्दा महङ्गो पर्छ तर टिकाउको हुन्छ । इन्जिनियरकाअनुसार कालोपत्रे सडकको आयु अधिकतम १५ वर्ष हुन्छ भने कंक्रिटको आयु ४० वर्षसम्मको हुन्छ ।
सरकारले पनि केही समयअघि सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक बनाउने योजना सरकारले अघि सारेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप