जीवन/अनुभूति

म पेन्सनपछि पनि किन बेलायत छिरें ?

अहिले छोरा डाक्टर बनिसके, छोरी प्रधानन्यायाधीशको प्रतिस्पर्धामा


  • भीम राई
  • २०७८ वैशाख ३०

यदि साँच्चै भन्ने हो भने मलाई फोयडर दोस्टोइभिस्की र निकोलो म्याकेभ्यालियको नाम अहिलेसम्म पनि उच्चारण गर्न ज्यादै कठिन भइरहेको छ । लगभग ३ सय ५० वर्षका अन्तर्हालमा दोस्टोइभिस्की र निकोलो म्याकेभ्यालिय इटालीमा जन्मेका थिएँ । उनीहरु एक–आपसमा फरक देशमा जन्मेका मानिसहरु मात्र नभएर बिलकुलै फरक पृष्ठभूमिका पनि थिएँ । ‘अपराध र सजाय’ पुस्तकका लेखक दोस्टोइभिस्कि साहित्यका लागि कहिलै नअस्ताउने चम्किला तारा हुन् भने म्याकेभ्यालिय आधुनिक राजनीति शास्त्रका भीष्मपिता मानिन्छन् ।
कच्याककुचुक हुँदै एकपोका परिरहेको मेरो दिमागलाई लिएर एकदिन मति नै दोस्टोइभिस्किको समाधिस्थल टिकभिन, रुश लागिरहेको थिएँ । तर नाताशाले अचानक सेन्ट पिटर्सबर्गमा अवस्थित ट्रुबाटस्काइ बास्चन कारागर सङ्ग्राहलयमा पहिले घुम्नको लागिमलाई सल्लाह दिइन । उनी विगत दुई दिनदेखि हाम्रो पथप्रर्दशकको काम गरिरहेकी थिइन् । र, सेन्ट पिटर्सबर्गको सूर्योदय सँगसँगै झुल्कने उनको अनुहार हेर्दामलाई कताकता उनी रशियन मोडल हुन कि भन्ने लागिरहेको थियो ।
अति मिठो रशियन मुस्कानका धनी नाताशासँग भेट भएपछि उनले हरेक चोटी मुख खोल्दा म त्यसै त्यसै लल्याकलुलुक हुने गर्दथे । त्यसैले उनको कारागार भ्रमणको सल्लाहलाई शिरोपर गर्दै हामी त्यसदिन सबैभन्दा पहिले उक्त्त कारागार सङ्ग्राहलयतर्फ लाग्यौं । त्यहाँ पुगेपछि मलाई थाहा भयो कि तिनै कारागारमा प्रख्यात उपन्यासकार म्यासिम गोर्कीले कहालीलाग्दो जेल जीवन ब्यतित गरेका रहेछन् । अचानक उनी थुनिएका कोठामा पुगेपछि रशियन क्रान्तिको समयमा लेखिएको बिश्व बिख्यात ‘आमा’ उपन्यासको यादले मलाई झलझली सताउन थालिहाल्यो ।
हुनत यस धर्तीमा भएका हरेक मानिस मात्र नभएर हरेक प्राणीहरुको लागीआमा शब्द त्यतिक्कै प्यारो हुने गर्दछन् । तर मलाई गोर्कीको थुनुवा कोठामा पुगेर उपन्यासका मुख्य पात्र पाभेल भ्लाशोभ र उनकी आमा निलोभ्नाको मात्र यादले सताएका थिएनन् । केही समय अगाडि दिवङ्गत हुनुभएकी आफ्नी ममतामयी आमाको नरमाइलो यादले मेरो हृदय क्षतबिक्षत बनाइरह्यो । त्यसैले मटर चढेर १५ मिनेट जतिलाग्ने टिकभिन समाधिस्थल पुगेर बाँकीरहेको हृदयलाई झन टुक्राटुक्रा बनाउन पटक्कै रहर लागेर आएन । त्यसैले उदाश भावमा सेन्ट पिटर्सवर्गलाई सँधैको लागि बिदाइ गरेपछि डेनमार्कको कोपनहेगन सामुन्द्रिक तटमा अबस्थित मत्स्यकन्या ‘मरमेड’ नदेखिन्जेलसम्म मेरो दिल रोइरहेकै थियो ।
दोस्टोइभिस्कीको अध्यायलाई यही बन्द गरेर उता इटालीको एकीकरणकर्ता म्याकेभ्यालियको जन्मघर फ्लोरेन्स पुग्दासेन्ट पिटर्सवर्गमा जस्तो हृदयपटक्कै जलेको थिएन । त्यसैले विन्दाश बनेर तारासँग फ्लोरेन्सको चक्कर मज्जाले मारेका थियौ । अनि सत्यकुरो के पनि हो भने इटालीको विषयमा मैले यहाँ लेख्दै गर्दा मलाई अति मनपर्ने देशहरुको सूचीमा त्यो देश अग्रपङ्क्तिमा रहेको छ भन्नेकुरो मैले कदापि बिर्सन पनि हुँदैन ।
किनभने त्यहाँको भाषा, धर्म, संस्कृति, कला, इतिहास, फेसन र खाना पनि अहिलेसम्म उच्च दर्जाकै रहेको छ । मैले आफ्नो स्वच्छिक अध्ययन भ्रमणको क्रममा इटालीको भेनिस, बोलोग्ना, जेनेवा, पिसा, रोम वा नेपल्समा पहिले नै पाइला टेकिसकेको थिएँ । तर त्यसबेलासम्म फ्लोरेन्स पुगिहालेको थिइन् । त्यसैले तारासँग त्यहाँ पुग्नेबितिक्कै हतारहतार सर्वाधिक चर्चित सान्टामरिय क्याथेड्रलको टुप्पामा चढ्यौ । र, टस्कनी क्षेत्रको रमाइलो दृश्यावलोकन गर्दै इटालीको बक्षस्थलमा टेकेको समयलाई गणना गर्दा छैटौ पटक भइसकेका रहेछन् भनेर तारालाई एकपटक सुटुक्क सुनाएका थिएँ ।
एकछिन इटालीलाई पनि त्यहीँ छाडौं । र, त्यसको छिमेकी राष्ट्र जर्मनीतर्फ लाग्यौ । म जर्मनी ८ चोटी पुगिसकेको थिएँ । किनभने जर्मनी पनि मेरो उत्कृष्ट रोजाइको देशहरु मध्येको एउटा प्रमुख देश हो । यहाँ परदेशकै कुरोहरु केहीबेर गर्न गइरहेको छु । किनभने तीनै परदेशी जीवन बिताउने क्रममा १२ वटा रमाइला बसन्तहरु मैले हङकङका बिताएका थिए । दशकौं समय नष्ट गरेर हङकङमा भोगेका तितामिठा यादहरु चट्टै भुलिहाल्न म कहाँ सकिहाल्छु र ? तर परदेशी जीवनमा सबैभन्दा बढी समय त झन बेलायतमा पो गुज्रिरहेका छन् । जहाँ २२ वटा कठङ्ग्रिदो हिउँदहरु त मैले पार गरिसकेकै थिएँ । अनि अझै अहिलेसम्म थाहा छैन, हरेक वर्ष बढ्दै जाने निर्मम बेलायती हिउँदहरुले मेरा अस्थिपन्जरहरुलाईके कति खिया पार्ने हुन् ?
यसरी आफ्नो जिन्दगीको अनूभूति लेख्तैगर्दा मलाई यहाँ तीनै बेलायती जिन्दगीको विषयमा संक्षिप्त चर्चा गर्न मन लागिरहेको छ । किनभने मैले बेलायती गोर्खा सेनामा २० वर्ष सेवा गरेको थिएँ । गोर्खा सेनादेखि निवृत्त भएपछि आफ्ना बच्चाहरुको उज्वल भविष्य नेपालमा छैन कि के हो भन्ने मेरो मनमा निक्कै लामो समयसम्म खट्किरहेको थियो ।
मेरोघर भएको ठाउँ गौशालादेखि ढुङ्गा फाल्दा पुग्ने दुरिमा पशुपतिनाथको मन्दिर रहेको छ । त्यस मन्दिरमा हरेक बिहान पुजारीहरुले शिवलिङ्गलाई दूधले धोइरहेको नरमाइलो दृश्य देख्न सकिन्थ्यो । मैले यहाँ किन नरमाइलो शब्दको प्रयोग गरे भने मन्दिरको नजिकै दूध जस्तो पौष्टिक आहारा खाना नपाएर छटपट्टी रहेको बच्चाहरुको आकृति त्यहाँ सदैव देखा परिरहने गर्दथ्यो । मेरो हृदयमा अचानक त्यसबेला, ‘शिवलिङ्गलाई गाईको दूध र मानिसलाई तीनै गाईको मुत ख्वाउने समाजदेखि के शिक्षा लिन सकिएला र ?’ भन्ने विचार लामो समयसम्म उब्जिरह्यो ।
मन्दिर परिसरमा देखिएका तीनै अपाङ्ग बच्चाहरुको नरमाइलो दृश्यदेखि नजर भगाएर सडक किनारमा हिँड्दै गर्दा अलाबामा राज्यमा घटेको एउटा घटनाको एक्कासी स्मरण गरेको थिएँ । अलाबामाको मोण्टगोमेरी बसभित्र श्वेत नागरिकको आगमान हुँदा हरेक अश्वेत नागरिकहरुले बसको कुर्सी छाडनुपर्ने बाध्यात्मक मानवीय नियम थियो । तर एकदिन निक्कै लामो समयदेखि बसको कुर्सी तताइरहेकी अश्वेत महिला रोजा पार्कले आफू बसिरहेको बसको कुर्सी नछाडेर मौन विरोधाभाष प्रकट गरेकी थिइन् । तीनै ‘स्वतन्त्रताको आमा’ रोजा जस्तै म स्वदेशमा बसेर कुनैपनि कुरोको विरोधाभाष प्रकट गर्न सक्तिनथे किनभने लामो समयसम्म सैनिक अनुशासनको घेराभित्र हुर्केको हुनाले विरोध र क्रान्ति मेरो जिन्दगीको सबैभन्दा प्रिय शब्दहरु भएका थिएनन् ।
त्यस दिनदेखि त्यो पवित्र मन्दिर परिसरमा हरेकदिन हुने अपवित्र सोचको विरोध गर्नको साटो अर्को बिकल्प रोज्न थालिसकेको थिएँ । त्यसैले सेनामा छँदा लिएको अनुभवको एकभारी कागजपत्र जम्मा गरेर बेलायती राजदुताबास लैनचौर पुगे । राजदुताबासका अध्यागमन अधिकृत स्कटिश नागरिक एड्रियन लुविसले अन्तर्वार्ता लिने क्रममा ५ वर्ष बेलायत बस्ने अनुमतिपत्र मेरो हातैमा थमाइदिएका थिएँ । तिनै अनुमतिपत्र (भिसा) पाएपछि आफ्नो झोलीतुम्बी तयार गर्न थालिहालें । र, स्रहशाब्दीको अवसरमा भएको रमाइलो भोजपछि बेलायतलाई कर्मभूमि बनाउने उद्देश्यले प्यारी श्रीमती र छोराछोरीलाई च्यापेर गहभरी आँशुसहित सदासर्वदाको लागि मैले देशको माटोलाई चटक्कै छाडेर हिँडिहाले ।
मनभरी बेदनाको भारी बोकेर देशलाई छाडेपनि आफूले बोल्ने भाषा, साहित्य र संस्कृतिलाई साथैमा राखिरहेको थिएँ । कतार एअरको दुईतले बिमानले हिथ्रो विमानस्थल टेक्नेबितिक्कै जमिनमा झरेर बेलायतको सानो राज्य वेल्सतर्फ लागेको थिएँ । तिनै वेल्सको दक्षिणी भेगमा रहेको ‘क्लेनेथ्ली’ भन्नेगाउँमा पुग्दा म नै पहिलो गोर्खा सिपाही भएर पुगेको रहेछु ।
मैले सैनिक जीवनदेखि निवृत भएर दोश्रोचोटी परदेश लाग्नुको मूख्य उद्देश्य छोराछोरीको अध्ययन नै प्रमुख थियो । त्यसैले उनीहरुको शिक्षादिक्षालाई पहिलो प्राथमिक्त्ता दिइरहेको थिएँ । हुनत बिश्वका धेरै मानिसहरु एकदेशबाट अर्को देशमा अर्थ आर्जन गर्नका लागि गएका हुन्छन । तर त्यसबेला त्यो कुरोमा मेरो सोच बिलकुल फरक रहेको थियो । जब म वेल्स पुगे, तब मलाई थाहा भयो कि, ‘मानिसले जुन काम आफ्नो जीवनमा गर्न सकेको हुँदैनन्, तिनै काम आफ्नो सन्तानलाई गर्न लगाउने रहेछन् ।’ तर मलाई त्यस कुराको राम्रै हेक्का भएतापनि आफ्नो छोराछोरीको भविष्य उज्वल होस भन्नको खातिर कुनै कसरत बाँकी राखेको थिइनँ ।
हुन त कुनैपनि कुरोलाई जबरजस्ती गर्नु निश्चय नै राम्रो विचार होइन । किनभने त्यस्तो विचारले नकरात्मक सोचको उत्पन्न हुन सक्दछ । अझै बेलायती दार्शनिक थोमस हिल ग्रिनले, ‘मानब स्वतन्त्रता चाहन्छन्, नत्रभने यन्त्र झै बन्ने गर्दछ,’ भनेका थिएँ । मैले ग्रिनको मार्मिक भनाइलाई हृदयङ्गम गरेतापनि म उनीहरुलाई क्षणिक समयको लागि एउटा साधारण यन्त्रझैं बनाउन खोजिरहेको थिएँ ।
ग्रिनको कुरोलाई एकछिन यतै थाँती राखेर लिङ्कनको कुरो गरौ । उनले छोरालाई, ‘आफूले कमाएको १० सेन्ट, बाटोमा भेटाएको १ डलर भन्दा उत्तम हुन्छ,’ भन्ने सिकाउन चाहेका थिएँ । तर म उनको त्यस विचारको विरुद्धमा उभिएका थिएँ किनभने मछोरालाई पैसाको मोहमा रमाउने एकजना कुशल ब्यापारीभन्दा अस्पतालको असल चिकित्सक भएको हेर्न चाहिरहेको थिएँ । किनभने यदाकदा मलाई यस्तो लाग्ने गर्दथ्यो, ‘चिकित्सकहरु मानव जीवनको लागि भगवानको अर्को रुप हुन् ।’
होमरको पुस्तक ‘साहसिक यात्रामा’ ट्रोजन युद्धदेखि घर फिरेका पात्रझैं भएर क्लेनेथ्ली पुग्दा त्यहाँका जनसंख्या लगभग २५ हजार मात्र रहेको थियो । त्यतिका जनसंख्या भएको गाउँमा जम्मा ४ वटा माध्यमिक विद्यालयहरु र एउटा महाविधालय थियो । तिनै विधालयहरुमध्ये ‘सेन्ट माइकल’ निजी विद्यालय भएको हुनाले सर्वसाधरण मानिसहरुले त्यहाँ अध्ययन गराउन सकिँदैन थियो ।
अन्य तीनवटा विद्यालयहरुमध्ये एउटा पूर्ण वेल्स भाषाको विद्यालय थियो । त्यसपछि बाँकी रहेका दुईवटामध्ये ‘कोइका’ पूर्ण स्वतन्त्र विद्यालय थियो । जहाँ विद्यार्थीहरुको संख्या हजार भन्दा उभोउभो थिएँ र प्राचिन एथेनियन शैलीको पूर्ण प्रजातन्त्र अभ्यास गरेको त्यहाँ पाइयो । मलाई मान्छेले मान्छे मार्ने खालको प्रजातन्त्र स्वीकार्य हुन सक्त्तैनथ्यो । त्यसैले यहाँ उद्धृत गरिएका कुनैपनि विद्यालयहरु मेरो रोजाइका विद्यालयहरुभित्र परेका थिएनन् । अन्तमा बाँकी रहेको तीनै एउटा विद्यालयचाहिँ क्याथोलिक विधालय थियो । जहाँ लगभग ४ सय विद्यार्थीहरु मात्रै अध्ययन गर्ने गर्दथे ।
अन्य विद्यालयहरुभन्दा मलाई त्यो क्याथोलिक विद्यालयमा थोरै दिलचश्वी भएर आयो । किनभने त्यहाँ विद्यार्थीहरुको संख्या पनि कम्ति नै थिएँ । र, अलिकति धार्मिक शिक्षा ‘रिलिजियस एजुकेसन’ पनि सिक्न सकिन्थ्यो । तर म प्रकृतिपुजक भएको नाताले धर्मप्रति अलिकति शँकालु प्रवृतिमा मानव थिएँ । त्यसैले मलाई जहिले पनि धार्मिक शिक्षाप्रति हल्का शंका उत्पन्न भइरहने गर्दथ्यो । किनभने मैले रुचिपूर्वक ‘पशुपत्ति’ छाडेको थिएँ, रमलाई ‘भेटिकन’ पुगिहाल्ने रहर लागेको थिएन । तर छोराले धर्मप्रति कस्तो मोह राख्ला भनेर सदैव निगरानी गरिरहेको हुन्थे । अझ यसलाई यसरी खुलस्त गरौं । महेगेललाई जस्तो गिर्जाघरको पादरी बनाउने बाबु होइन, जोन लकलाई जस्तोचिकित्सक बनाउने बाबु हुन खोजिरहेको थिएँ ।
त्यसबेलासम्म मेरो छोरो अलिक सानै थिएँ । र,लगाम पुर्णतय मेरो हातमा रहेको थियो । त्यसैले मैले चाँहे बमोजिम उनले विद्यालयको पढाइ राम्रै गरे । त्यसपछि स्वान्जी सहर नजिकै रहेको गोर्साइनन कलेज धाउन थाल्यो । दक्षिण वेल्समा रहेको त्यस कलेजको प्रतिष्ठा अहिलेसम्म निक्कै उच्च श्रेणीमा रहिआएको छ । अझै त्यस कलेजदेखि हरेक वर्ष तीन–चार जना विद्यार्थीहरु अक्सफोर्ड वा क्याम्ब्रिज (अक्सब्रिज) युनिभर्सिटीमा छिर्न सक्दथे ।
तर अक्सब्रिजमा छिर्नको लागि विद्यार्थीहरुले कलेजको समयभन्दा फाल्टो समय पनि अध्यान गर्नुपर्दथ्यो । वास्तवमा त्यसलाई अध्यान भन्दापनि अक्सब्रिजमा के कसरी छिर्न सकिन्छ भनेर पाठ सिक्न सकिन्थ्यो । त्यसरी फाल्टो समयमा सिकाउने अध्यापिका एकजना केश पाकेकी बुढी वेल्स आइमाई थिइन् । म सँगको पहिलो भेटमा उनले, ‘अति तीक्ष्ण दिमाग भएका विद्यार्थीहरुलाई मात्र त्यहाँ प्राथमिकता दिने चलन रहिआएको छ,’ भनेको सुनेपछि मेरोमन कुटुक्कै भाँचिएर तीन टुक्रा भएको थियो ।
छोरालाई अक्सब्रिजमा छिराउने रहरले बिदा लिएको भएतापनि कलेजको पहिलो वर्षको अध्ययन राम्रै गरयो । त्यसपछि हरेक सप्ताहन्तमा हामीले बेलायती युनिभर्सिटीहरुको चक्कर लगाउन थालेका थियौं । हाम्रो त्यस चक्करलाई इङ्गल्याण्डदेखि स्कटल्याण्ड मात्र नभएर आयरल्याण्डको डब्लिन युनिभर्सिटीसम्म पुरयाएर बिसौनी मारेको थियौं । जस्तो कि यहाँहरुलाई जानकारी होला । बेलायतमा लगभग १ सय ३० वटा युनिभर्सिटी तथा शैक्षिक संस्थाहरुले मात्र स्नातक तहको प्रमाणपत्र प्रदान गर्ने गरेका छन् ।
तर चिकित्सा शास्त्रको हकमा भने इङ्गल्याण्ड (२५) स्कटल्याण्ड (५) वेल्स (२) र उत्तरी आयरल्याण्ड (१) गरेर जम्मा ३३ वटा युनिभर्सिटिमा मात्रै अध्यान गर्न पाइन्छ । त्यसमध्ये बकिङघाम युनिभर्सिटीले सन् २०१५ देखि पहिलोचोटी निजी चिकित्साशास्त्र पढाउन सुरु गरेको छ । जहाँ अध्ययन गरेबापत बार्षिक शुल्क ३६ हजार पाउण्ड लाग्छ भने अन्य युनिभर्सिटीमा बार्षिक शुल्क ९ हजार पाउण्डमात्र लाग्ने गरेका छन् ।
बेलायतको ३३ वटा युनिभर्सिटीहरुमा चिकित्साशास्त्र अध्ययन गर्न मिलेतापनि हरेक विद्यार्थीले बर्षमा ४ वटा भन्दा बढि युनिभर्सिटीमा आबेदन भर्न पाइने नियम छैन । यदि ती युनिभर्सिटीहरुमा नाम निकाल्न सकिएन र चिकित्सक नै बन्ने रहर भएमा पूर्वी यूरोपको पूर्व साम्यबादी राष्ट्रहरु चेक, हङ्गेरी, बुल्गेरिया वा रोमानिय तिर हानिनु पर्नेहुन्छ । नत्रभने बङ्गलादेश वा चीन पुगेर हर्बल डाक्टर बन्नुपर्ने स्थिती रहन जान्छ ।
जतिसुकै कठिन परीक्षा भएतापनि मैले छोरालाई बेलायत बाट नै चिकित्सक बनाउने रहर गरिरहेको थिएँ । त्यसैले मेरो सल्लाह बमोजिम ब्रिस्टल, बर्मिङ्घाम, म्यानचेष्टर र लिभरपुल युनिभर्सिटीहरुमा छोराले आवेदन भरे । तर भाग्यले साथ दिएर उनलाई ब्रिस्टल र लिभरपुलले अन्तरवार्ताको लागि आह्वान गरेको थियो । ब्रिस्टलमा दिएको अन्तरवार्ता असफल भएतापनि लिभरपुल युनिभर्सिटीमा उनले नाम निकाल्न सक्यो ।
लिभरपुल युनिभर्सिटीमा ५ वर्ष अध्ययन पूरा गरेपछि उनी जुनियर चिकित्सक बनेका थिएँ । त्यसपछि २ वर्षे आधारभूत तालिमको लागि पुनः छोराले अक्सफोर्ड डिनरीलाई छानेको थियो । तर दुर्भाग्यवश दोश्रोचोटी पनि त्यो कामयाब हुन सकेन । त्यसपछि उनले क्रमशः एक–एकवर्ष रोयल लिभरपुल अस्पताल र बर्मिङ्घाम अस्पतालमा आधारभूत तालिम पूरा गरेका थिएँ । २ वर्षे आधारभूत तालिम सकिएपछि अर्को २ वर्षे मुख्य ‘कोर’ तालिमको लागि फेरी अक्सफोर्ड छिर्नको लागि उनले प्रयत्न गरे । अहँ तेश्रोपटक पनि अक्सफोर्डमा उनले अवसर पाउन सकेनन् ।
पटक पटक गरेको प्रयत्नमा अक्सफोर्डमा अवसर नपाएपनि हाम्रो रहर अझै मरिसकेको चाहिँ थिएन । जे जसरी हुन्छ, एकपटक अक्सफोर्डमा छिरेर कुनै तालिम गर्ने अवसर मिल्योभने जिन्दगीको सजिलै पार तर्न सकिएला भन्ने हामीलाई लागिरहेको थियो । तर त्यसो भन्दै गर्दा दिनानुदिन उनको अवसर सागुँरिदै घैटोको घाँटीझै भइरहेको थियो । निकट भविश्यमा नै उनको सामूह ६ वर्षे सर्जिकल तालिम आइरहेको थियो । यदि त्यसमा पनि उनले सफलता हात पार्न सकेन भने अन्तिम चोटी डाक्टर इन फिलोसोफी (डिफिल) मात्र गर्न बाँकी हुन्थ्यो ।
ल्याटिन भाषादेखि अङ्ग्रेजीमा रुपान्तरण गरिएको डिफिल तिनै शब्द हुन् । जस्लाई प्रथम विश्वयुद्धको समयमा अरु सबै मानवजाती लडाईमा ब्यस्त भइरहेको बेला सन् १९१९ मा अक्सफोर्डले पिएचडी शब्दसँग त्यसलाई सट्टाभर्ना गरेका थिएँ । नत्रभने साधारणतय बेलायती अन्य युनिभर्सिटीहरुले अध्यावधि बिधावरिधी (पिएचडी) नै भन्ने गरेका छन् ।
कोर तालिम अक्सफोर्डदेखि पाउन नसकेपछि एकवर्ष कभेन्ट्री र अर्को वर्ष वुस्टर अस्पतालमा उनले तालिम पूरा गरेका थिएँ । उनी चिकित्सक भएको समय ४ वर्ष बितिसकेका भएतापनि समय एकनासले आफ्नै रफ्तारमा बहँदै गइरहेको थियो । मानवीय जीवनमा हुने सबैखाले घटना परिघटनालाई भुलेर केवल पेट सम्बन्धी (कोलोरेक्टल सर्जन) बन्ने महत्वकांक्षा बोकेर अर्को वर्ष उनी रोयल कलेज अफ सर्जरी, लण्डनमा ठूलो परीक्षा दिनको लागि हिड्यो ।
एकटुक्रा काँचो नरिवल खाएर शुभ–साहितमा हिँडेको छोराले अति मेहनत तथा धैर्यताको साथ रोयल कलेज अफ सर्जरी लण्डनको (एमआरसिएस) परीक्षा उत्तीर्ण भएर सदस्य बन्न सफल भएको थियो । तीनै सफल परीक्षाको दीक्षान्त समारोहको बेला युगाण्डादेखि दादा इदी अमिनले लखेटेर ब्रिस्टलमा कोण पसल थाप्ने भारतीय मूलका एकजना ब्यापारीसँग मेरो अचानक त्यहाँ भेट भएको थियो । ‘बन्धु, यो दीक्षान्त समारोह मेरो लागि खेलाँची पटक्कै होइन,’ दुईजना छोराहरुर दुवैजना बुहारीहरु बेलायतमा सर्जन भएको खुशी हुँदै उनले सुनाउँदा मेरो छोराको पनि बिहे गर्ने समय आएको जस्तो मैले त्यसबेला महसुस गरिरहेको थिएँ ।
रोयल कलेज अफ सर्जनदेखि एमआरसिएसको प्रमाणपत्र हात पारेपछि ६ वर्षे सर्जिकल तालिमको लागि अक्सफोर्ड डिनरीमा उनले पुनः आवेदन हाल्यो । पटक पटक तालिमको लागि अक्सफोर्ड छानेर वाकदिक भएतापनि कसोकसो त्यसचोटी पश्चिमदेखि सूर्योदय भएर घैटोमा घाम लाग्न सक्यो । त्यति लामो समयको कठोर परिश्रमपछि बल्लबल्ल छोराले अक्सफोर्ड युनिभर्सिटीमा ६ वर्षेको लोरेक्टल सर्जन तालिमको लागि अवसर पायो ।
छोराले लामो संघर्षपछि अक्सफोर्डको ढोका खोलेर ‘इन्डक्सन’ तालिमको लागि ‘बेलवेल’ कलेजको आगन्तुक कक्षामा पुगेको थियो । तिनै कोठामा सन् १६५६ मा युबा चिकित्सक जोन लकले पनि चिकित्सकको इन्डक्सन तालिम लिएका एउटा इतिहास बाँचिरहेकै थियो । तर रिङ्गटन, समरसेटदेखि इटन कलेज हुँदै अक्सफोर्डको ढोका खोल्न जोन लकलाई जति सजिलो परेको थियो । बुइपा, खोटाङदेखि बानेश्वर हुँदै अक्सफोर्ड आइपुग्न जेशन राईलाई निश्चय नै त्यति सहज थिएन । त्यसदिनको इन्डक्सन तालिम सकेर कारमा घर फर्कदै गर्दा, ‘छोरा जीवनमा लडन ठूलो कुरो होइन, लडेर उठ्नु सबैभन्दा ठूलो कुरो हो,’ मन्डेलाको उक्त्त भनाइलाई बेलायती ठूलो बाटो (एम ४०) मटर वेमा सगौरवको साथ मैले सुनाइरहेको थिएँ ।
छोराको त्यति धेरै मेहनत र परिश्रमदेखि मलाई निश्चय नै केही राहत अवश्य मिलेको थियो । तर, ‘कानुन निष्पक्ष हुन्छ, मानिस निष्पक्ष हुँदैनन्,’ प्लेटोको प्रख्यात २२ पुस्तकहरु मध्ये ‘द लज’ देखि मैले त्यस्तो निश्कर्ष निकालेका जीवनका उकाली ओरालीहरुमा यदाकदा स्मरण गरिरहेको हुन्थे । हुनत उनका सबै पुस्तकहरु पढने अवसर मलाई पक्कै पनि मिलेको छैनन् । तर अन्तर आत्मामा, ‘कानुन के हो ?’ भन्ने प्रश्नले जहिलेपनि मलाई घचघच्याइरहेको हुन्थ्यो । म्याकुबेरी र ह्वाइटका अनुसार, ‘कानुनको कुनै सिधा परिभाषा हुँदैन, पानी जस्तै हो,’ भन्ने जानेपछि यस धर्तीमा हुने हरेककुरोको ज्ञान लिइरहन जरुरी छैनरहेछ भन्ने सोच्न थालिसकेको थिएँ ।
तर त्यसो भन्दैगर्दा मैले एकाइसौ शताब्दीको मानव जीवन ब्यतित गरिरहेको थिएँ । त्यसैले पटमूर्ख बनेर परिस्थितिदेखि त्यति सजिलो भागि हाल्न रहर लागेर आउँदैनथ्यो । अझ कानुनी राज्यमा बसाइ सरेको हुनाले खाँदा, बस्दा, हिँड्दा र प्रत्येक शब्द बोल्दा नियमको परिधिभित्र रहेर बाँच्नुपर्ने मलाई बाध्यता थियो । मासु सकिएर चाउरी परेको अनुहार र खङरङ्ग जीउलाई मुस्किलले डोरयाउँदै ६ दशक पुरयाउनै लागेका थिएँ । त्यस्तो हेर्दै रहर मरेर आउने सेताम्मे केश पाकेका म आफैले चाहिँ केही अध्यान गर्न सक्दिनथे । त्यसैले छोरालाई चिकित्सक बनाएतापनि छोरीलाई कानुनको विद्यार्थी बनाउने ठूलो रहरपालेर बसिरहेको थिएँ । अनि छोराले जुन जुन विद्यालय र कलेजमा अध्ययन गरेका थिएँ । छोरीले पनि सोही ठाउँमा कदम टेकेकी थिइन् । तर फरक मात्र के थियो भने छोरो विज्ञान र छोरी कानुनका विद्यार्थी थिइन् ।
हाम्रो जस्तो पुरुष प्रधान भएको समाजमा जसरी भएपनि म छोरीलाई कानुनबेत्ता बनाउन चाहिरहेको थिएँ । त्यसैले छोराको समयमा झै छोरीको समयमा पनि युनिभर्सिटी छान्ने विषयमा निक्कै धेरै अनुभव बटुल्न थालेका थियौ । छोराको पालादेखि त्यसबेलासम्म बेलायती युनिभर्सिटीहरुको घरदैलोमा घरिघरि पुगेर दोहलो काँढिसकेको थिएँ । त्यसैले बेलायतदेखि बाहिरजाने रहर पनि हामीले गर्न थालेका थियौं । त्यही क्रममा सबैभन्दा पहिले इटालीको बोलोग्नो युनिभर्सिटीमा पुगेका थियौ । किनभने सन् १०८८ मा स्थापना भएको त्यो नै विश्वको सबैभन्दा पुरानो युनिभर्सिटी रहेको थियो । त्यसको ८ बर्षपछि सन् १०९६ मा स्थापना भएको अक्सफोर्डले दोश्रो उपाधि पाएको थियो भने सन् १२०९ मा स्थापना भएको क्याम्ब्रिजले १२३१ मा मात्र राजकिय अधिकारपत्र (चार्टर) पाएका थिएँ ।
चिन्ता परिचिन्तनका प्रेमी छोरी र मेरो रहरहरु त्यतिले मात्र पूरा हुन सकेका थिएनन् । त्यसैले अमेरिकन विमान चढेर राष्ट्रपति केनेडीको जन्मघर बोस्टनतर्फ हानिएका थियौं । तीनै बोस्टनमा अवस्थित हारबर्ड युनिभर्सिटीको प्राङ्गणमा रहेको जोन हारबर्डको शालिकलाई हेर्दै उनलाई लामो समयसम्म संस्मरण गरिरह्यौं । सरी, इङ्गल्याण्डमा जन्मेर इमान्युल कलेज, क्याम्ब्रिजमा लगभग ७ वर्ष अध्ययन गरेका जोनले त्यस युनिभर्सिटीको स्थापना गरेका थिएँ । र, तीनै युनिभर्सिटीमा राष्ट्रपति ओबामा दम्पत्तिले पनि कानुन पढेका थिएँ । अर्को महिना छोरीसँग राष्ट्रपति पुटिनले कानुन अध्ययन गरेका युनिभर्सिटी हेर्न सेन्ट पिटर्सबर्ग, रुसमा पुगेका थियौं । संसारका प्रतिष्ठित कानुनका युनिभर्सिटीको अध्यान भ्रमण गरिसकेपछि छोरीले लण्डन सहरभित्र नै अध्ययन गर्ने जीकिर गरेकी थिइन । त्यसैले एलएसी, युसिएल, किङ्गस र क्विनम्यारी युनिभर्सिटीहरुमा आवेदन दिइन ।
नभन्दै उनको चन्द्रमा दाहिने परयो । कानुनको लागि अग्रपङ्त्तिमा रहेको युनिभर्सिटीक्विन मेरीमा उनको नाम निस्कन सकेको थियो । हरेकवर्ष उनका धेरै साथीहरुले युनिभर्सिटी परित्याग गर्दै हिँडेतापनि कुनै बाधा अवरोधबिना उनले ३ वर्षे अध्ययन पूरा गरेकी थिइन् । उनको अध्ययन पूरा भएपछि दीक्षान्त समारोहमा भाग लिनको लागि हामी एकदिन लण्डनमा अवस्थित ‘ल सोसाइटी’ पुगेका थियौ । सन् १७४० मा स्थापना भएको तिनै ल सोसाइटीमा केही प्रमुख ब्यक्तित्वहरु महात्मा गान्धी, महम्मद जिन्हा, डा. भीम राव अम्वेकडरले मात्र नभएर लि क्वान यी समेतले त्यहाँ दीक्षित भएका थिएँ ।
अछुत परिवारमा जन्मेका अम्बेकडर (बाबासाहेब) तिनै आदरणीय ब्यक्तित्व हुनुहुन्छ । जसले हिन्दू समाजलाई बराबरी अधिकार दिने हो भने मनुस्मृति नै परिवर्तन गर्नपर्छ भनेका थिएँ । जीवनको उत्तराद्र्धकालमा बुद्ध धर्म ग्रहण गरेका अम्बेकडरले,‘यदि ब्रम्ह्को मुखबाट शुद्र र पयरबाट ब्राम्हण जन्मेको थियो भन्ने नियम बनाउन सकियो भने अहिलेसम्म भइरहेको एतिहासिक अन्याय सबै मिल्नजान्छ,’ भन्दा गान्धीको अनुहारदेखि चिटचिट पसिना निस्केको थियो । त्यसपछि गान्धीले आजीवन अम्बेकडरको अनुहार खुलेर हेर्न चाहेका थिएनन् । तिनै कानुनका ज्ञाता अम्बेकडरले ४ सय ४४ धारा र १ लाख १७ हजार ३ सय ६९ शब्दहरुले कुँदेर भारतको संविधान लेखेका थिएँ । जुन संविधान अहिलेसम्म संसारको सबैभन्दा लामो संबिधान हुनगएको छ ।
छोरीले अङ्ग्रेजी कानुनको डिग्री हात पारेपछि म्यानचेष्टर र बर्मिङघाममा एक–एक वर्षको प्यारा लिगलको तालिम लिएकी थिइन् । त्यसपछि लिभरपुलमा अर्को एक वर्ष लिगल प्राक्टिस कोर्स (एलपिसी) को अध्ययन गरेकी थिइन् । सोलिसिटर हुनको लागि अनिवार्य गर्नुपर्ने त्यो अध्यानको लागि वार्षिक शुल्क मात्रै १२ हजार स्टर्लिङ पाउण्ड लाग्ने गर्दछ । त्यसै त म दरिद्र थिएँ, छोरीको त्यस अध्यानले घरिघरी पैसा तिर्नुपर्दा गान्धीको झै मेरो पनि अनुहारमा चिटचिट पसिना आएको थियो । ज्यादै अफ्ठ्यारो र पट्यारिलो एक वर्षे अध्ययनपछि बल्ल बल्ल ट्रेनी सोलिसिटरमा आवेदन भर्नको लागि अवसर पाएकी थिइन् ।
तर आवेदन भर्ने अवसर पाएर मात्र के गर्ने र ? त्यसको प्रतिफल पाउन दिनानुदिन ज्यादै चर्को हुँदै आइरहेको थियो । बेलायतमा सोलिसिटर हुनको लागि हरेक विद्यार्थीहरुले २ वर्षे ट्रेनि सोलिसिटर अनिवार्य गरेको हुनुपर्छ । ट्रेनि सोलिसिटर निजी कम्पनीहरुले मात्र उपलब्ध गराउने भएको हुनाले त्यहाँ स्थान पाउन ज्यादै कठिन हुने गर्दछ । किनभने, ‘मानवीय स्वभाव पक्षपाती हुन्छ,’ भन्ने कुरो नेपालदेखि बेलायतसम्म धेरैचोटी अनुभव गरिसकेको थिएँ । हुनत ट्रेनीको लागि २ वर्ष तालिम र तलब पनि दिनुपर्ने भएकोले निजि कम्पनिका मालिकहरुले सबै प्रक्रिया पुरयाएर आफ्नो सन्तानहरुलाई मात्र पहिलो प्राथमिकतामा राख्ने गरेका हुन्छन् । त्यसैले पुस्तौ पुस्तादेखि बेलायतमा कानुन ब्यवसायीहरुको सन्तान कानुन ब्यवसायी नै हुने गरेका छन् । सम्भवतः आधुनिक जमानाको यो निक्कै दुःखद् पक्ष हो ।
एक सुटकेस जति फारम भरेर हैरान खेपेकी छोरी थाकेर लखतरण परेकी थिइन । तर धाराबाहिक अन्तर्वार्ता पश्चात् ‘बाराट एण्ड को’ रेडिङले उनलाई २ वर्षे ट्रेनीको तालिम दियो । ‘कर्पोरट फिल्डमा’ योग्यता हासिल गरेपछि बानबुरी सोलिसिटर्स फर्ममा हाल उनी कार्यरत भएकी छिन् । तैपनि विश्वको सबैभन्दा चर्चित कानुनी फर्महरु (म्याजिक सर्कलमा) २ वर्ष काम गर्नको लागि दिनहुँ फारमहरु भरिरहेकी छिन् । म्याजिक सर्कलमा बहुराष्ट्रिय कम्पनीहरु एलान एण्ड ओभरी, क्लिफोर्ड चान्स, फ्रेशफिल्डस, लिङ्केटर्स र स्लाउटर एण्ड मे रहेका छन् । जुन कर्पोरेट कम्पनीहरुको वार्षिक करोबार बिलियन पाउण्ड भन्दा माथि नै हुने गरेका छन् ।
छोरीले सोलिसिटरको न्युनतम अनुभव ६ वर्ष पूरा गरेपछि मात्र न्यायाधीशको प्रतिस्पर्धामा भाग लिन पाउने छिन् । तर त्यो भन्दा अगाडी कैयन छेकवारहरुलाई पार गर्नुपर्ने हुन्छ । हुन त हरेक मानवको सपना विपनामा परिणत नहुन पनि सक्दछन् । तर कतै जाने हो भने प्रथम कदम चाल्नै पर्ने हुन्छ किनभने जस्तोसुकै काम पनि त्यति सजिलो हुनेछैन ।
छोराले हालसालै वारविक युनिभर्सिटी बाट मेडिकल एजुकेसनमा मास्टर उतिर्ण गर्यो भने छोरीले लिभरपुलदेखि बिजिनेसमा मास्टर अध्ययन गर्दै गरेकी छिन । तर जिन्दगीमा जतिसुकै अध्यान वा अनुभव गरेता पनि ३० हिउँद काटेका छोरा र २६ टेकेकी छोरीले एकदिन विवाह गर्नुपर्छ भन्दा ३ वर्ष पछि फेलोसिप रोयल कलेज अफ सर्जन (एफआरसिएस) र म्याजिक सर्कलको फारमकै मात्रै कुरो आउने गरेका छन् । त्यसैले, ‘के मानवीय करियर नै बिहे हो त ?’ भनेर म कुनैबेला द्विविधामा परिरहने गर्दछु ।
तैपनि उनीहरुको आधुनिक विचार सुनेर मलाई घरिघरी आदर्शवादी विचारका महागुरु विलियम फ्रेडरिक हेगेलको याद आउने गरेका छन् । उनले बाद (थेसिस), प्रतिवाद (एन्टि थेसिस) र सम्बाद (सायनथेसिस) को सिदान्त प्रतिपादन गरेका थिएँ । तर छोराछोरीको बिबाहको हकमा भने मेरो परिवारमा धेरैचोटी वाद र प्रतिवाद उत्पन्न भएतापनि खै कुन्नि किन हो संवादले कहिले समस्या समाधान गर्न सकिरहेका छैनन् ।
हुनत मानव जीवनको लागि विवाह सबैचिजको सामधान चाहिँ निश्चय पनि हुँदै होइन । विश्वको बहुचर्चित धनाढ्यहरु जेफ बेज र बिल गेटस पनि पारपाचुकेदेखि जिन्दगीमा टाढा रहन सकेका थिएनन् । मलाई जहाँसम्म लाग्छ, यस धर्तीमा हुने कुनैपनि भौतिक चिजको उनीहरुलाई केहीकमि छँदै थिएनन् । तर निश्चित रुपमा शारिरीक सम्पर्क चाहिँ केही चिज हो कि भन्ने यदाकदा लागिरहेको छ । नत्रभने मानव जीवनको लागि सबैभन्दा धेरै सोच्ने माक्र्सवादका पिता कार्ल माक्र्सले आफ्नी पत्नी जेनीसँग लुकिछिपी धाईआमा हेलेन डेमुथदेखि अवैधानिक छोरो फ्रेडरिक डेमुथको जन्म किन दिन्थे होला र ? उनकै समकक्षी फ्रेडरिक एङ्गेल्सले आइरिस लडकी म्यारी बन्र्ससँग बाँचिन्जेल प्रेम गरिरहे । अझै भएन म्यारीकी मृत्युपछि उनकी साख्खै बहिनी लिज्जीसँग सल्केर उनको देहवसान हुनु भन्दा एकदिन अगाडी मात्र बिहे गरेका थिएँ ।
१६ वर्र्षको उमेरदेखि बिहे गर्न सुरु गरेका माओले आफ्नो जीवनकालमा ४ चोटी विहे सम्पन्न गरेका थिएँ । उनी भन्दा ४ वर्ष जेठी तर पखालाले मृत्युवरण भएकी उनको पहिलो श्रीमती लिउ यिसिउको समाधिस्थल साओसान, हुनान प्रान्त पुग्दा मैले माओलाई मनमनै सरापेका थिएँ । त्यस्तै अक्टोबर १९२६ मा जङ्ग सुमिङसँग ग्वाङ्जाउमा बिहे गरेतापनि हो ची मिन्हले बाँचिन्जेलसम्म, ‘अह मैले बिहे गरेको छैन,’ भनेको सियाम रिपमा पुगेर सुन्दा मेरो आँखादेखि पिलिक्कै आँशुको थोपा खसेको थियो । मानिस अबसर पाउँदा कतिसम्म तल गिरेर स्वार्थी, निर्दयी र पापी हुने रहेछन् भन्ने कुरो तिनै हो चि मिन्हदेखि मैले चाल पाएँको थिएँ ।
झन सबैभन्दा खेदको कुरो त लाउ एन्ड्रिजसँग फ्रेडरिक नित्सेले तीन–तीनचोटी प्रेम प्रस्ताव राख्दा, ‘म केवल तपाईको नजिकको साथी हुनसक्छु, तर तपाईको पत्नी हुन सक्त्तिन,’ भनेपछि उनले आबल ब्रम्हचारी बन्ने निर्णय गरेका थिएँ । जसको कारण उनको मृत्यु पनि चाँडै भएको थियो ।
जति अध्यान र अनुभव गरेतापनि आखिर विवाह नै नगर्ने हो भने मानवीय जिन्दगी जर्ज ओरेलको पुस्तक ‘पशु खेती’ जस्तै हुने रहेछ । पशुखेतीले जारको शासन हटाएर त्यो भन्दा निरङ्कुश स्टालिनको शासनलाई मज्जाले उर्जागर गरिदिएको छ । अझै त्यतिले मात्रै होइन, ‘राज्य भनेको मै हुँ,’ भन्ने राक्षसी राजा लुइस चौधौदेखि रिसाएका जनताले लुइस सोर्हौसम्म पुग्दा गिलेटिनले घाँटी छप्काइदिएका थिएँ । अन्तमा फ्रान्समा राजा भन्दा नेपोलियन शक्तिशाली भएर उदाएका थिएँ । ‘दाजु जस्तो टुलुटुलु हेरेर बस्दिन,’ भन्ने राजा भन्दा, ‘बयल गाडादेखि अमेरिका पुग्न सकिन्न,’ भन्नेहरु झन शक्त्तिशाली शासकबनिरहेका हाम्रा सामु मध्यान्हको सूर्य झै छ्याङ्गै भएका छन् ।
अन्तमा, ‘जहाँदेखि आएको थियौं, त्यहीँ पुग्नुपर्ने हौं,’ भने जनताले क्रान्ति र हरेक छोराछोरीले अध्ययन किन गर्नु परयो होला र ? त्यसैले म चाहिँ अब कुनदिन छोराछोरीको विवाह होला र नाति नतिनीको सुकोमल अनुहार हेर्न पाइएला भनेर हानवेल गाउँको कुनामा बसेर खियाँ परिसकेका आफ्ना हस्तरेखाहरु राम्ररी नियालिरहेको छु । नत्रभने तीनै पशु खेतीका मुख्य पात्र ‘ओल्ड मेजर’ को झैं जीवन परिवर्तन गर्ने मेरो सपना खै कसरी साकार हुनसक्ला र ?
बुइपा, खोटाङ, हालः बेलायत

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप