‘मर्निङवाक’ मा निस्किएका लिम्बूको हात्तीले आक्रमण गर्दा ज्यान गयो


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख ३०

बिर्तामोडः मर्निङवाकमा निस्किएका एकको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
कमल गाउँपालिका-३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।
मृत्यु हुनेमा कमल गाउँपालिका ३ निवासी ४५ वर्षीया जीतबहादुर खोयाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई बिहीबार बिहान ५ बजे जंगली हात्तीले आक्रमण गरेको थियो । जंगली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
विहान मर्डिङ वाकमा निस्किएका खोयाङलाई २१ नम्वर वाहिनी अड्डाको पश्चिम तर्फको जंगलमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप