लरीमा मोटरसाइकल ठोक्किँदा मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख ३०

बिर्तामोडः मेची-१० मा बिग्रेर रोकिराखेको लरी (जिप्सन लोड) मा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूजाहाङ लिम्बू रहेका छन् । उनी नागाडुब्बा पुलनजिक पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ फर्के बिग्रेर रोकिराखेको आरजे ०६ जिबी ५४२४ नम्बरको लरीमा ठोक्किएका थिए ।
उनको बा६३प २७९० नम्बरको मोटरसाइकल त्यहाँ ठोक्किएको हो । लरीको पछाडि ठोक्किँदा उनी घाइते बनेका थिए । मेची–१२ धाइजन बस्ने वर्ष ३० का उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लरी चालक फरार रहेको प्रहरीले जनाएको छ । धुलाबारीबाट २.५ किमी पश्चिम पर्ने सो सडक खण्डमा तीब्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप