धरानमा मनोसामाजिक परामर्श दिने तयारी

धरानमा होम आइसोलेसनमा बसेकालाई निःशुल्क मनोसामाजिक परामर्श दिइने, बीपी प्रतिष्ठानमा आधाघण्टाको कक्षा


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २९

धरानः धरान उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेकाहरुलाई मनोसामाजिक परामर्श दिइने तयारी थालेको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले केहीदिनभित्रै यस्तो व्यवस्था गर्न लागिएको हो । ‘अहिले स्वास्थ्य महाशाखाले निःशुल्क परामर्श दिइरहेका छौं’, उनले भने, ‘बीपी प्रतिष्ठानका चिकित्सकसँग मिलेर यसलाई अझै व्यवस्थित गर्ने तयारी थालिसकेका छौं, केहीदिनभित्रै यस्तो सेवा पाउनुहुनेछ ।’
एमपिएच पढ्दै गरेका केही विद्यार्थी पनि उपमहानगरपालिका आइपुगेको र उनीहरुलाई पनि ४५ दिनको लागि त्यस्तो कार्यको जिम्मा दिने तयारी भइरहेको उनले जानकारी दिए ।
विशेषतः खानपिन, सरसफाइ, के गर्न हुने, के गर्न नहुने भन्नेबारेमा चिकित्सकको परामर्श चाहिने हुनाले यस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।
कोभिड–१९ को दोस्रो लहरमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या सम्बोधन गर्नका लागि यस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।
कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई टेलिफोनको माध्यमबाट मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा दिनेछ । पछिल्लो समयमा आफन्त गुमाउनुका साथै दैनिक सयौंको दरले कोरोनाका कारण मानिसको मृत्यु भइरहेको समाचारको भयले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको र मानसिक स्वास्थ्य समस्या झन् बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।
बीपीमा आधा घण्टाको कक्षा र योगा
‘यहीका बिरामीमा पनि मानसिक समस्या देखापरेको छ’, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेल भन्छन्, ‘तर हामीले मनोसामाजिक परामर्शलाई ध्यान दिँदै आधा घण्टे कक्षा सञ्चालन गर्दै आएका छौं ।’
माइकिङमार्फत् जो जो बिरामी सक्छन्, योगा गर्न सक्छन्, कसरत गर्न सक्छन् उनीहरुका लागि मनोबल उच्च राख्नका लागि कक्षा नै सञ्चालन गरिएको उनको भनाइ छ । डा. पोखरेलले महामारीको समाचारले मानिसमा भयको वातावरण सिर्जना गरेको बताउँदै सोको निवारणका निम्ति यसो गरिएको बताए ।
यस्तै, सेवा लिन चाहनेले बीपी प्रतिष्ठानका सबै सेवाहरु सुचारु रहेको जानकारी दिए । ‘लकडाउनले बीपी प्रतिष्ठान बन्द नै होला भन्ने धेरैलाई छ तर प्रतिष्ठान बन्द भइसकेको छैन, सबै सेवाहरु दिइरहेका छौं, धेरैजसो यहीँ आएर पनि परामर्श लिन सक्नुहुनेछ ।’ उनले भने ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप