ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २९

धरानः झापाको कन्काई नगरपालिका–३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बुधबार पौने १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका–७ की ७१ वर्षीया कमला माया कामीलाई ठक्कर दिँदा कामीको घटनास्तलमा नै मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप