धरान, बराहक्षेत्र र इटहरीका संक्रमितको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २९

धरानः धरानमा धरान–१ का संक्रमितसहित तीनजनाको मृत्यु भएको छ ।
धरान–१, का संक्रमित ७० वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २८ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २८ गते अस्पताल भर्ना भएका थिए  । मङ्गलबार २ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । योसँगै धरानमा वैशाखयता मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
यस्तै, बराहक्षेत्र–५ सुनसरीका ८२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको बुधबार मृत्यु भएको हो । उनमा गत १२ गते नै कोरोना पुष्टि भएको थियो । उनी १७ गते प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए । उनको बुधबार ६ः३० बजे मृत्यु भएको सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
यस्तै, इटहरी–९ सुनसरीका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी नोबेल अस्पताल विराटनगरबाट धरान रेफर भएका बिरामी हुन् । उनको मङ्गलबार नै मृत्यु भएको हो । उनमा गत २६ गते नै कोरोना पुष्टि भएको थियो । उनी २८ गते प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप