Hamro Koshi Aawaj

मंगलबार, चैत्र ६ २०८०

हाम्रो कोशी आवाज / कोशी आवाज

Advertisment

SKIP THIS

गाउँगाउँमा कोरोनाः ताप्लेजुङका सबै स्थानीय तहले गरे सेवा स्थगित

हाम्रो कोशी आवाज
बैशाख २९ २०७८, बुधबार
गाउँगाउँमा कोरोनाः ताप्लेजुङका सबै स्थानीय तहले गरे सेवा स्थगित

ताप्लेजुङः कोभिड-१९ को संक्रमण गाउँ–गाउँमा फैलिँदै गएपछि गएपछि ताप्लेजुङको सबै स्थानीय तहले अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेका छन् । कोभिड–१९ संक्रमण हुनबाट रोक्नका लागि जिल्ला ९ स्थानीय तहले सेवा स्थगित गरेका हुन् ।
केही स्थानीय तहहरुले अगाडिदेखि सेवा स्थगित गरे पनि फक्ताङलुङ गाउँपालिकाले बुधबारदेखि अत्यावश्यकबाहेक सेवा स्थगित गरेसँगै जिल्ला सबै स्थानीयतहरुमा सेवा स्थगित गरेका हुन् ।
संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर गाउँकार्यपालिका र वडा कार्यपालिकासहितका निकायबाट प्रदान गरिने अत्यावश्यकबाहेकका बाहेक सेवा गत मङ्गलबारदेखि नै स्थगित गरिसकेको मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए ।
नगर क्षेत्रमा कोरोना संक्रमण बढिरहेकाले फुङ्लीङले पनि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । नगरप्रमुख छत्रपति प्याकुरेलले तत्काललाई ७ दिनका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको बताए । आठराई त्रिवेणी गाउँपालिकाले स्वास्थ्यसँग सम्बन्धित र अत्यावश्यकबाहेक ७ दिनका लागि सेवा प्रवाह स्थगन गरेको छ ।
आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाका अनुसार ७ दिनका लागि योजनासम्बन्धी दर्ता, सम्झौता र फरफारक, सञ्चालनमा रहेका विद्यालयका सम्पूर्ण परीक्षा, वडाबाट प्रदान गरिने सिफारिस र पञ्जीकरणसम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको हो ।
यता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आगामी ३ जेठसम्म ताप्लेजुङ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार सुनसान छ ।

प्रकाशित मिति: बैशाख २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2024 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend