बराहक्षेत्रको साकेला थानमा टिपरले मोटरसाइकल जोगाउन खोज्दाखोज्दै…


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २९

चतराः बराहक्षेत्र–७ चक्रघट्टी साकेला थानमा बुधबार दुर्घटना भएको छ ।
टिपर र र मोटरसाइकल दुर्घटना परेका हुन् । चक्रघटीबाट बाङ्गे जाँदै गरेको बा५०प १७६१ नम्बरको होण्डा कम्पनीको मोटरसाइकल आफै अनियन्त्रित भएको थियो । मोटरसाइकल अनियन्त्रित हुँदा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ७४४४ नं.को टिपरमा ठोकिन पुगेका थिए ।
मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ भने मोटरसाइकल जोगाउने क्रममा ढुङ्गा बोकेर आउँदै गरेको टिपर समेत पल्टिएको थियो ।
मोटरसाइकल चालक बराहक्षेत्र–८ बस्ने वर्ष २७ को चन्द्रबहादुर थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ । मोटरसाइकल चालक र टिपर चालकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको महेन्द्रनगरका प्रमुख पाण्डव राजवंशीले बताए ।
तस्वीरः दीपक पुरी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप