अरुण तेस्रोको सुरुङभित्र ढुङगा खस्दा कामदारको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २९

संखुवासभाः संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधीन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ ।
बुधबार बिहान साढे ८ बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा अचानक ढुङगा खस्दा शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।
सोही ढुङगाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना समेत घाईते भएका छन् । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अरुण तेस्रो जलविद्युत् परियोजनास्थलमा स्वास्थ्य संस्था र एम्बुलेन्स नहुँदा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइएसकेका छन्। अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् । निरन्तर २४ सै घण्टा निमार्ण कार्य हुने आयोजनामा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए भने समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्न अवस्था छ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप