धरानमा दुरुस्तै

‘यति बुझ्नुहोस् आमाबुबादेखि अन्य धेरैजना झुक्किइसके, हामी ठग्ने हिसाबले झुक्याएका छैनौं र झुक्याउँदैनौं पनि’ (६ तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २८

धरानः धरान बस्दै आएका गंगा-जमुना लिम्बू धरानस्थित पब्लिक हाइस्कुलको कक्षा–१२ मा पढ्छन् । बैंक म्यानेजर बन्ने लक्ष्यका साथ म्यानेजमेण्ट सङ्कायमा अध्ययनरत दुवैजनामध्ये जमुना गीत-सङ्गीतजस्ता प्रतियोगितामा भाग लिन रुचाउँछन् । यस्तै, गंगा फुटबल खेल्न रुचाउँछिन् ।
खासमा उनीहरुको घर ताप्लेजुङ हो । उनीहरु धरान बसेर पढ्दै आएका छन् । जमुना गीत गाउन सक्छिन् । उनले धरानमा आयोजना भइरहेको तर लकडाउनले रोकिएको कार्यक्रम मिस स्टेट १ मा भाग लिएकी छिन् । उनले कार्यक्रममा पुगिसकेपछि अन्य युवतीसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाइन् ।
‘खासमा मलाई धेरै रुचिचाहिँ गीत-सङ्गीत नै हो, भविष्यमा सङ्गीत सिकेर आफ्नो करिअरसँगै गीत-सङ्गीतलाई पनि अगाडि बढाउँछु’, जमुनाले भन्छिन्, ‘तर सौन्दर्य प्रतियोगिताले व्यक्तित्वमा निखारता ल्याउँछ भन्ने हिसाबले भाग लिएकी हुँ, पहिलाको जमुना र अहिलेको जमुनामा निकै अन्तर आइसकेको मैले महसुस गरेको छु । बोल्न समेत डराउने, लजाउने हामी दुवैजना अहिले आएर बोल्न सक्ने भएका छौं । अहिले त म गंगालाई पनि बोल्नसक्ने बनाइसकेको छु उनी पनि नधकाइ, नलजाइ, नडराइ बोल्न सक्छिन् ।’
अहिलेसम्म धेरैजना झुक्किइसकेको उनीहरुले जानकारी दिए । आमाबुबा पनि पटक-पटक झुक्किइसकेको उनीहरुले सुनाए । ‘उसले (जमुना) ले लगाएको कपडा मैले (गंगा) ले लगाउँदा झुक्किइरहनुभएको छ’, गंगा भन्छिन्, ‘जमुनाले लगाएको कपडा गंगाले लगाइन् भने झुक्किनुहुन्छ ।’
यस्तै, एकपटक दुईजनाको फोटो धुलाउन दिएको र स्टुडियोवालाले दुईवटैको एउटा रहेछ भनेर काटिदिएको अर्थात् एउटाको मात्रै धुलाइदिएको घटना उनीहरुसँग ताजै छ । ‘एउटा मात्रै धुलाइदिएपछि अनिवार्य फोटो चाहिएकोले त्यही फोटोले काम चलायौं ।’ गंगाले भनिन् ।
गाउँघरमा हामी फुटबल खेल्थ्यौं, फुटबल खेल्दा मैले (गंगा) ले खेलिसकेको भनेर खेल्न दिइएन रे । तर दुवैजना एकैपटक आएपछि मात्रै उनको कुरा पत्याइएको थियो ।
उनीहरुले कसैलाई ठग्ने हिसाबले नझुक्याउने बताए । ‘खासमा आमाबुबादेखि धेरैजना झुक्किइसक्नुभएको छ तर ठग्ने हिसाबले कहिल्यै झुक्याएका छैनौं र झुक्याउँदैनौं पनि ।’, गंगाले खुलाइन्, ‘यसो गरे घाटा हामीलाई नै हो नि ।’
टिकटकमा जम्दै
पछिल्लो समय युवायुवतीमाझ टिकटक लोकप्रिय छ । सुरुआतको समयमा म्युजिकल्लीको रूपमा सुरु भएको यो एप्लिकेसन टिकटकका रूपमा अहिले प्रयोगमा छ । पछिल्लो समय टिकटकबाट निकै भाइरल हुनेको संख्या निकै नै बढिरहेको छ । टिकटक बनाउँदै कलाकारिता क्षेत्रमा प्रवेश गर्ने कलाकारको संख्या पनि नेपालमा छँदैछ ।
यसै क्रममा यी जुम्ल्याहा दिदिबहिनी पनि कम छैनन् । उनीहरुलाई टिकटकमा पछ्याउने बढ्न थालेका छन् । उनीहरुले टिकटकमा रमाइलो गर्दै अरुलाई पनि रमाइलो पारिरहेका छन् ।
उनीहरूको अभिनय र अनुहारको हाउभाउ पनि अब्बल छ । टिकटक प्रयोगकर्ता नेपालीबीच उनीहरू रोजाइमा पर्दै गएका छन् ।
‘विशेषगरी फन्नी अनि रमाइला व्यवहारले हामीलाई पछ्याउने बढ्दै गएका छन्’, जमुना भन्छिन्, ‘टिकटकबाटै गीत–सङ्गीतलगायत अन्य प्रतिभा देखाउँदै आएका छौं, यसले दर्शकलाई मनोरञ्जन पनि भयो, हाम्रो प्रतिभा पनि अलि अलि गर्दै बाहिर निस्किन्छ भन्ने सोंचेको छौं ।’
तर, भन्छन्, ‘टिकटक बनाएजस्तो सजिलो रहेनछ, अभिनय गर्न ।’ अब दुवैको चाहना छ- टिकटकबाटै प्रतिभा बाहिर निकालिरहने । ‘अभिनय सजिलो छैन तर पनि हाम्रो प्रतिभा बाहिर निकाल्न छोड्दैनौं ।’
जुम्ल्याहाहरू इन्टरनेटबाट नाम र दाम दुवै कमाइरहेका छन् । मान्छेलाई प्रेमजोडीका भिडिओ मनपर्छ, जुम्ल्याहाको पनि त्यस्तै हुने अध्ययनले देखाएको छ । धेरै आमाबाबुले पनि आफ्ना जुम्ल्याहा सन्तानलाई सानो उमेरदेखि नै सामाजिक सञ्जालमा सक्रिय बनाइरहेका छन् । बच्चाहरूका लुगाको फेसन गर्न होस् वा खेलौनाबारे समीक्षा गर्न, जुम्ल्याहाकै प्रभाव बढी देखिन्छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप