अक्सिजन घटे यो औषधि लिऔं

डाक्टरको सल्लाह: अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि लिन सकिन्छ (भिडिओ)


  • डा. अनुप सुवेदी
  • २०७८ वैशाख २६

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) ?
स्टेरोइड औषधि खान सुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो।
याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानि हुन सक्छ, तर अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि सुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।
अक्सिमिटरले अक्सिजनको लेबल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।

डा. अनुप सुवेदी

कि त Tab Methylprednisolone 32 mg (16 mg को २ चक्की वा 8 mg को ४ चक्की) एकैचोटि दिनको १ पटक
कि त Tab Dexamethasone 6 mg (०.5 mg का १२ चक्की) एकैचोटि दिनको १ पटक
कि त Tab Prednisolone 40 mg दिनको १ पटक खानापछि खाने।
यो औषधिले ब्लडसुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधिको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ।
औषधि खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोसिस गर्न भने छाड्नु हुँदैन।
तर यो औषधि सुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिँ अक्सिजन सुरु गर्नैनपर्ने हुन सक्छ।
यी औषधि बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेका बेला मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं। (नेपाल लाइभबाट साभार गरिएको सामग्री सम्पादन गरेर केही कुरा प्रस्तुत गरिएको हो ।) उनी संक्रामक रोग विशेषज्ञ हुन् ।
(असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसैगरी उपचार गर्न सल्लाह दिइरहनुपरेकाले अरू असंख्य मानिस यस्तै परिस्थितिमा भएको आंकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नैपर्ने भएकाले यो लेख्दैछु।)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप