धरानमा हत्यामा संलग्न सार्वजनिक

धरानमा लुटपाट गरी हत्या, लुटपाट गरी हत्या गर्ने समातिए, सुन र नगद गरेर १३ लाख ४० हजार बढी लुटेछन्ः डिएसपी बस्नेत


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २६

धरानः धरानमा वृद्धामाथि धारिलो हतियार प्रहार गरी फरार रहेकालाई धरान प्रहरीले पक्राउ गरेको छ । वृद्धाको उपचारको क्रममा मृत्यु समेत भइसकेको छ ।
धरान-१५ पूर्वेली पथकी वृद्धा गोविन्दमाया विश्वकर्मालाई धारिलो हतियार प्रहार गर्दै गरगहना र नगदसमेत लुटिएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिएको जानकारी अनुसार उनको हत्यामा तीनजना संलग्न रहेको र स्वीकारिसकेको जानकारी गराए ।
पक्राउ पर्नेमा धरान-१५ सुनगाभामार्ग बस्ने ३७ वर्षीय सन्तोष भन्ने ३८ वर्षीय बीरबहादुर परियार, धरान-१० पुतलीलाइन बस्ने ३५ वर्षीय सोनी राई, धरान-१३ अमरहाट बस्ने २९ वर्षीया लक्ष्मी लिम्बू रहेको प्रहरीले जनाएको छ । उनीहरुले ११ लाख ४० हजार ९ सय ५० रुपैयाँ बराबरको धनमाल लुटेको डिएसपी बस्नेतले जानकारी दिए ।
यस्तै, उनीहरुले नगद २ (दुईलाख) पनि लुटेको पाइएको उनले जानकारी दिए । उनीहरुले लगाएको तथा घरमा रहेका (नौगेडी, चुरा, सिक्री, जन्तरलगायत) गरगहना लुटेका थिए ।
वृद्धाको झरना विश्वकर्मा र छोरा जोहन विश्वकर्मा मन्दिरमा पूजा गर्नको बाहिर गएको अवस्थामा विश्वकर्मालाई टाउकोलगायत शरीरका विभिन्न भागमा धारिलो चिज हतियारले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
सन्तोषको स्थायी घर मोरङ, सोनीको पथरी शनिश्चरे-५, पिपलडाँडा र लक्ष्मीको घर धरानमै रहेको प्रहरीले जनाएको छ ।
सोनी राईको बहिनी नाता पर्ने लक्ष्मी लिम्बूलाई लुकाइ राख्न दिएको भनी खुलेपश्चात् लक्ष्मीको कोठा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत वैशाख ११ गते धरान-१५ सुनगाभा मार्गमा ८५ वर्षकी वृद्धा गोविन्दमायालाई धारिलो हतियार प्रहार भएको थियो । उनको उपचारको क्रममा गत १९ गते आइतबार उनको मृत्यु भएको हो ।
गत ११ गते (शनिबार) दिउँसो करिब १२ बजेको समयमा घरमै सुतिरहेको समयमा पछाडिबाट टाउकोमा धारिलो हतियारले आक्रमण गरी सख्त घाइते बनाएर घरमा रहेको सुन पनि लुटेर लगेकोबारे इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको थियो ।
वृद्धाको पैसा समेत लुटिएको थियो । घाइते वृद्धालाई तत्काल धरानकै विजयपुर हस्पिटलमा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो हस्पिटल लगिएको थियो । उनको टाउकोमा ३६ टाँका लगाएर आइसियूमा उपचार गराइपनि उनी बाँच्न नसकेको आफन्तले बताएका छन् ।
उनको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र आफन्तलाई बुझाइसकेको प्रहरीले जनाएको छ । यसअघि आफन्तले अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारवाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप