एसइईः जेठसम्म परिस्थिति हेरिने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २४

धरानः अघिल्लो वर्ष इतिहासमा पहिलोपटक रोकिएको एसइई यस वर्ष अन्यौल जस्तै बनेको छ ।
त्यतिबेला लकडाउन हुँदा ९ महिनासम्म भौतिक उपस्थितिमा गरिने पठनपाठन रोकियो । जसकारण २०७७ को शैक्षिक सत्र समयमा पूरा हुन सकेन ।
शैक्षिक सत्र वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार ०७७ सालको शैक्षिक सत्रलाई लम्ब्याइएर जेठ मसान्तसम्म पुरयाइएको छ ।
तर, दोस्रो लहरको कोरोना भाइरस पुनः तीव्र रुपमा फैलिएको छ । सबै तहका वार्षिक परीक्षा रोकिएको छ । गत १६ गतेबाट जारी निषेधाज्ञा लब्याएर वैशाख २९ गतेसम्म पुरयाइएको छ । त्यसैले जेठ मसान्तमा सकिने शैक्षिक सत्रमा फेरि पनि क्षति हुने देखिन्छ । त्यति मात्र नभई २०७८ को नयाँ शैक्षिक सत्रमा समेत असर पुग्ने देखिन्छ ।
०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरिएको छ । ०७८ सालको शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तमा कायम गरिएको छ ।
‘स्कुल बन्द भएकाले केटाकेटी स्कुल जान नपाएको कुरा सबैलाई थाहा छ,’ शिक्षाविद् डा.विद्यानाथ कोइरालाले भने,‘तर,यो समयलाई सदुपयोग गर्न जान्नुपर्छ, घरमै विद्यार्थीलाई सागखेती गर्दै, तरकारी काट्दै पढाउने, सिक्ने र सिकाउने अभ्यास गराउनुपर्छ, यसका लागि शिक्षकले सहयोग गर्नुपर्छ,स्थानीय तहले कसरी कुन माध्यमबाट हुन्छ पढाउने वातावरण मिलाउनुपर्छ ।’
भने, ‘विद्यार्थीले शिक्षकलाई इन्टरनेट सुविधा भएमा भाइबर, प्यासेन्जरबाट सानातिना प्रश्न शिक्षकलाई सोधिराख्नुपर्छ,नेट नहुने दुर्गममा टेलिफोन वा एसएमएसबाट प्रश्न सोध्नुपर्छ, यसले किताबमा भएका पाठ्यसामग्री विद्यार्थीको दिमागमा घुस्छ,यसरी गर्दा शैक्षिक सत्र बच्छ पनि ।’
उनले बाटोमा पर्दा शिक्षकले पढाउने विकास पनि गराउँदा शैक्षिक सत्र पूरा हुने बताए। उदाहरण दिँदै दिए। कोइरालाले भने, ‘प्राय विद्यार्थीसँग किताब हुन्छ, कोही शिक्षक ससुराली जान्छ नि त्यो बेला बाटोमा पर्ने विद्यार्थीलाई स्वास्थ्य अवस्था राम्रो भए पाँच मिनेटदेखि १० मिनेटसम्म मात्रै पढायो भने पनि काफी हुन्छ ।’
यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरी भने अहिले नै शैक्षिक सत्रमा क्षति हुनेमा विश्वस्त छैनन् । भन्छन्, ‘यो शैक्षिक सत्र सकिन अझै समय छ, त्यसैले अहिले बढी सावधानी सर्वसाधारणले अपनाउनुपर्ने मात्रै देखिन्छ ।’
उनले निषेधाज्ञाको समयमा पनि वैकल्पिक माध्यामबाट पढाइ सुचारु गरिरहेकाले त्यति समस्या नहुने तर्क गरे । ‘अहिले पनि ५० प्रतिशत अनलाइन माध्यमबाट पढाइरहेका छौं,’ भने, ‘जेठसम्म परिस्थिति हेर्छौ, त्यसपछि पनि अवस्था यस्तै रहे थप योजना ल्याएर शैक्षिक सत्रमा धक्का नपुग्नेगरी पठाउँछौ ।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय प्रवक्ता दीपक शर्माले शैक्षिक सत्र क्षति हुन नदिन वैकल्पिक माध्यामबाट पढाइ सञ्चालन गरिरहेको बताउँछन् । ‘अहिले भौतिक रुपमा पठनपाठन नभए पनि सरकारले पहिलाजस्तै वैकल्पिक माध्यामबाट पढाइरहेको छ, अझै यसरी नै संक्रमणदर बढेर स्कुल खोल्न नसकिने अवस्था आयो भने थप छलफल गरेर शैक्षिक सत्रलाई व्यवस्थापन गरिन्छ ।’
उनका अनुसार इन्टरनेटको पहुँचमा नपुगेको ठाउँमा पहिलाकै समय तालिकाअनुसार देशभरका दुई सय एक वटा सामुदायिक रेडियोबाट पठनपाठन सञ्चालन भइरहेको छ। यी रेडियोबाट कक्षा ६,७,८,९,१० लगायत तहका विद्यार्थीलाई बिहान १० बजेदेखि विभिन्न विषयको समय तालिका अनुसार दिउँसो २ः४५ सम्म श्रव्य पाठहरूबाट पढाइँदै आएको छ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप