लडेर महिलाको मृत्यु, पौडी खेल्दा डुबेर युवाको मृत्यु


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २१

धरानः इलाम माइ–जोगमाई–५ सोयाङ की ५४ वर्षीय ख्यामकुमारी लिम्बूको लडेर मृत्यु भएको छ ।
सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा चोट लागेर गम्भीर घाइते बनेकी लिम्बूको उपचारको लागि जिल्ला अस्पताल इलाम पुरयाउन साथ राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यस्तै, झापाको शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ वर्षीय जीवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका–१० स्थित माइखोलामा उनी साथीहरूसँग पौडी खेल्ने क्रममा माइखोलाको बाँधबाट बगी बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माइधारबाट प्रहरी टोली खटी गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाउँबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप