ताप्लेजुङमा एकजना संक्रमित

२२ जनाको दरबन्दी, दक्ष जनशक्ति अभाव हुँदा बहिरङ सेवा अनिश्चितकालीन बन्द


  • दिलकुमार लिम्बू
  • २०७८ वैशाख २१

फुङलिङः कोभिड–१९ संक्रमण दिनप्रतिदिन बढेसँगै ताप्लेजुङमा पनि संक्रमित बिरामीको संख्या बढेको छ ।
जिल्ला अस्पताल ताप्लेजुङले बहिरङग सेवा मंगलबारदेखि अनिश्चितकालको लागि बन्द भएको छ ।
बहिरङग सेवा, सुरक्षित गर्भपतन सेवा र परिवार नियोजन सेवा बन्द हुने जिल्ला अस्पताका सूचाना अधिकारी विजाय राईले बताए । कोभिड–१९ को संक्रमित विरामीको चाप बढ्न थालेसँगै अस्पतालमा जनशक्ति व्यवस्थापनमा कठिनाई आएको भन्दै बहिरङग सेवाहरु बन्द गरेको उनले जानकारी दिए ।
आवश्यक जनशक्ति अभाव भएकाले आकस्मिक सेवा भने सञ्चालन हुने सूचाना अधिकारी राईले भनाइ रहेको छ । ‘बिरामी प्रत्येक दिन बढिरहेकाले आश्यक जनशक्ति अभाव भएकाले आकस्मिक सेवाबाहेक अरु सेवा बन्द गर्नु परेको छ ।’ उनले भने ।
जिल्ला अस्पताल १५ शथ्याको स्वीकृती भएपनि अहिले ३५ शथ्यामा सञ्चालन भइरहेको जिल्ला अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट सोनिम लामाले जानकारी दिए । दरबन्दी २२ जना भएपनि सोहीअनुसार दक्ष जनशक्ति नभएको उनले जानकारी दिए ।
‘स्वास्थ्य मन्त्रलयले परिपत्र गरेर अनुसार स्वास्थ्यकर्मीहरु आलोपालो गरेर सेवा प्रदान गर्नु भनी परिपत्र आएको छ । त्यसरी आलो पालो गर्ने हो भने अस्पतालमा जनशक्तिको अभाव हुन्छ ।’, उनले भने, ‘त्यसैले केही सेवाहरु बन्द गर्नुपरेको हो ।’
जिल्ला अस्पतालको आइसोलेसनमा एकजना कोभिड–१९ संक्रमित उपचारमा रहेको लामाले बताए । ‘एक जना भए पनि दश जना भए पनि जनशक्ति उतिकै आवश्यक पर्दछ ।’ कोभिड–१९ को लक्षण देखिएका बिरामीहरुको स्बाव संकलन गरेर परीक्षणको लागि विराटनगर पठाएको लामाले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप