गौरवको आयोजनामा पर्ने सडक

धरान-१६ को सडक पनि हेर्नलायक र देशकै नमूना बन्ने, साढे ५ करोड खर्चिइँदै, निषेधाज्ञामै पनि धमाधम कालोपत्रे, निरीक्षणका लागि मेयर पुगे


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २०

धरानः धरान-१६ जनपथको बाटो हेर्नलायक र नमूना बन्ने भएको छ । यो गौरवको आयोजनामा पर्ने सडक हो । सो सडक ५० फिटको बन्न लागेको हो ।
अहिले निषेधाज्ञामै पनि काम धमाधम भइरहेको छ । ‘असारअघि नै सक्नुपर्ने हुन्छ, त्यही भएर काम धमाधम भइरहेको छ’, वडाध्यक्ष दिलकुमार गिरीले भने ।
यसैबीच धरानका मेयर तिलक राई, संघीय सहरी विकास मन्त्रालयका डिई गंगाप्रसाद यादवलगायतको टोलीले निरीक्षण समेत गरेको छ ।
सो सडकमा ह्वील चियर प्रयोगकर्ताहरुले अब धरानका नयाँ सडकहरुमा समस्या भोग्नुपर्ने छैन । सो सडक अपाङ्गमैत्री, नमूना र हेर्नलायक बनाउन लागिएको वडाध्यक्ष दिलकुमारी गिरीले जानकारी दिए ।
जानकी चोकदेखि पानीटयाङ्कीसम्मको सडक कालोपत्रे भइरहेको हो । साढे ५ करोड रुपैयाँको लागतमा बन्ने सडकको दायाँबाया टायल समेत विछ्याइने वडाध्यक्ष गिरीले जानकारी दिए । ‘यो गौरवको आयोजनाअन्तर्गत पर्ने सडक हो, दायाँबायाँ टायल विछ्याइनेछ भने दायाँबायाँमै रंगरोगन समेत गरिनेछ ।’ उनले भने ।
वडाध्यक्ष गिरीका अनुसार अहिले लेखनाथचौक (केही तलदेखि जानकी चोकसम्मको सडकको कालोपत्र सक्किन लागेको छ । लेखनाथ चोकदेखि तल पानी टयाङ्कीसम्मको सडकको लागि तीन करोड बजेट छुटिएको र आजभोलि नै टेण्डर लागिसक्ने उनले जानकारी दिए । ‘यो सडकका लागि जम्मा साढे ५ करोड रुपैयाँ आएको हो’, उनले भने, ‘तीन करोड सक्किसकेको छ, अब लेखनाथ चोकदेखि पानी टयाङ्कीसम्मको लागि अढाइ करोड बजेटमा टेण्डरको तयारी गरिरहेका छौं, भोलिसम्ममा टेण्डर प्रक्रिया सकिसक्नेछौं ।’
यसअघि जनपथको सडकको दुरावस्था देखेर धरानबासीले विकासबारे आलोचना गर्दै आएका थिए । स्थानीयबासीले धुलाम्मे, खहरे बग्ने र खाल्डे सडक भएको र काम पनि सुस्त गतिमा अघि बढेको भन्दै चर्को आलोचना समेत गर्दै आएका थिए ।
यसैबीच धरान उपमहानगरपालिका मेयर तिलक राई, शहरी विकास तथा भवन विभाग विराटनगरका डिई गंगाप्रसाद यादव सोमबार निरीक्षणका लागि पुगेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप