अवैध काम

जसले खुट्टामा कसेर ल्याए पैसाको लाखौं बिटा, प्रहरीले सुइँको पाएपछि समातिए


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख २०

धरानः विराटनगरमा खुट्टामा कसेर पैसाको बिटा ल्याउने पक्राउ परेका छन् ।
भारतबाट अवैध रकम लिएर नेपाल प्रवेश गर्ने दुईजनालाई दरैयाबाट सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा पोष्टले नियन्त्रणमा लिएको जनाइएको छ । सशस्त्रको बीओपी रानी र बीओपी दरैयाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल मोरङका प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार पक्राउ पर्नेमा विराटनगर-१६ का अमद यादव र भारतको कटिहार नयाँटोल घर भई विराटनगर–१५ हड्तालीहाट बस्दै आएका अभिषेक चौधरी रहेका छन् ।
शंका लागेर चेकजाँच गर्दा यादवको साथबाट पाँचलाख नेपाली रुपैयाँ र भारतीय नागरिक चौधरीको साथबाट ६ लाख ५० हजार बरामद गरेको उनले जानकारी दिए । टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उक्त रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।
रकम हुण्डी कारोबारीको हुनसक्ने अनुमान गरिएको छ । रकम बोकेर आउने दुवैजनाले खुट्टामा बाँधेर ल्याएको पाइएकोले उनीहरु एउटै समूहका हुनसक्ने आशंका गरिएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि बरामद रुपैयाँसहित भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप