धरानमा पत्रकारलाई मास्क र सेनिटाइजर वितरण


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख २०

धरानः नेपाल पत्रकार महासंघ सुनसरीले धरानका पत्रकारहरु सेनिटाइजर र मास्क वितरण गरेको छ ।
कोरोनाको जोखिमको बेला फिल्डमा सक्रिय पत्रकारहरुको सुरक्षाको लागि मास्क र सेनिटाइजर वितरण गरिएको महासंघका अध्यक्ष जनकऋषि राईले जानकारी दिए । भर्खरै निर्वाचित कार्य समितिले धरानबाट मास्क र सेनिटाइजर बाँडेर काम थालेको हो ।
धरानबाट निर्वाचित कार्य समितिका सहसचिव भोला श्रेष्ठ, तिर्थ कार्की, सदस्य शुक्रान्त राईलगायत अन्य पत्रकारको टोली पुगेर मास्क वितरण गरिएको सहसचिव कार्कीले जानकारी दिए । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मास्क बाँडिएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप