झापामा कोइला फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी

१५ करोड बराबरको क्षति (५ तस्वीर)


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख २०

बिर्तामोडः झापा मेचीनगर नगरपालिका १५ मिलकोटीस्थितमा रहेको बायोग्यास कोइला फ्याक्ट्रीमा विद्युत सर्ट भई आगोलागी हुँदा ठूलो क्षति भएको छ ।
बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सा आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना, प्रहरी, स्थानीयबासी परिचालित भएका छन् ।
सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षति भएको फ्याक्ट्री सञ्चालकले बताएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । सो आगोबाट हाल सम्म मानवीय क्षति नभएको सो कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर आगलागी शुरु भएको हो । ारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न समय लागेको हो । धुलाबारीबाट करिब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायत उद्योगीले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरेका थिए । तस्वीरः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप